७ बैशाख, २०८१ शुक्रबार

12:47:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भक्तपुरमा भेटियो बर्डफ्लु, १० हजार कुखुरा नष्ट गरियो

Nepal Business

१० फागुन, २०७९

कुखुरा १० हजार ४८० वटा, चल्ला १ हजार ५० वटा, १ हजार ४७५ दाना र ४ हजार ५२३ वटा अण्डा नष्ट गरेको जनाएको छ ।

भक्तपुरमा भेटियो बर्डफ्लु, १० हजार कुखुरा नष्ट गरियो

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ मा पालिएका कुखुरामा बर्डफ्लु देखिएको छ । 

आज बुधबार चाँगुनारायण पोल्ट्री एन्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म, आदित्य पोल्ट्री फार्ममा बर्डफ्लु देखिएपछि कुखुरा, चल्ला, दाना र अण्डा नष्ट गरिएको छ ।

आज बुधबार चाँगुनारायण पोल्ट्री एन्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म, आदित्य पोल्ट्री फार्ममा बर्डफ्लु देखिएपछि कुखुरा, चल्ला, दाना र अण्डा नष्ट गरिएको छ ।

पशु सेवा विभागका चिकित्सक डा श्रीजा वाग्ले, पशुसेवा विभागका प्राविधिक आत्माराम शर्मा, चाँगुनारायण नगरपालिकाको पशुपन्छी सेवा विकास शाखाको कर्मचारी, जनप्रतिनिधि, प्रहरीलगायतको उपस्थितिमा कुखुरा १० हजार ४८० वटा, चल्ला १ हजार ५० वटा, १ हजार ४७५ दाना र ४ हजार ५२३ वटा अण्डा नष्ट गरेको जनाएको छ ।