७ मंसिर, २०८१ शुक्रबार
05:15:31 PM
८ फागुन, २०७९
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज काठमाडौँमा आयोजना गरेको ‘सङ्कटमा लघुवित्त : कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका लघुवित्तका ऋणीले आफ्ना पीडा पोखे
लघुवित्त कम्पनीले कर्जा असुलीमा ज्यादती गरेको भन्दै ऋणी आन्दोलित छन् । ‘लघुवित्तीय संस्था विरुद्धको सङ्घर्ष समिति’ नै गठन गरेर उनीहरूले दबाब दिइरहेका छन् ।
चर्को ब्याजदर, महँगो सेवाशुल्क, झन्झटिलो किस्ता भुक्तानी प्रक्रिया, कर्मचारीको दुव्र्यवहारलगायतका कारण देखाएर लघुवित्त कम्पनीविरुद्ध ऋणीहरू सङ्गठित भएका हुन् । लघुवित्त कम्पनीहरू नाफामा मात्रै केन्द्रीत हुँदा सदस्यले ऋणको भारी बोक्नुपरेको उनीहरूको भनाइ छ ।
चर्को ब्याजदर, महँगो सेवाशुल्क, झन्झटिलो किस्ता भुक्तानी प्रक्रिया, कर्मचारीको दुव्र्यवहारलगायतका कारण देखाएर लघुवित्त कम्पनीविरुद्ध ऋणीहरू सङ्गठित भएका हुन् । लघुवित्त कम्पनीहरू नाफामा मात्रै केन्द्रीत हुँदा सदस्यले ऋणको भारी बोक्नुपरेको उनीहरूको भनाइ छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज काठमाडौँमा आयोजना गरेको ‘सङ्कटमा लघुवित्त : कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका लघुवित्तका ऋणीले आफ्ना पीडा पोखे । सिराहाकी पुनमकुमारी महतोले लघुवित्तकै कर्मचारीले मिटरब्याजमा पैसा लगाउने गरेको बताउनुभयो । लघुवित्तका कर्मचारीबाट आजित भएपछि साहु महाजनबाट चर्को ब्याजमा ऋण लिएर तिरेको उहाँको भनाइ छ ।
“सानो व्यवसाय शुरु गर्ने भनेर ऋण लिएँ तर मधेश आन्दोलनका बेला व्यापार व्यवसाय ठप्प भयो । नियमित किस्ता तिर्न सकिनँ । लघुवित्तका कर्मचारी घरमै आएर हरेक दिन आधा रातसम्म दुःख दिन थालेपछि साहुसँग चर्को ब्याजमा ऋण लिएर लघुवित्तको ऋण तिरेँ”, उहाँले भन्नुभयो । लघुवित्तबाट ऋणको साँवा ब्याज तिर्दा आफ्नो सबै सम्पत्ति सकिएको पनि उहाँको भनाइ छ ।
त्यस्तै, सिराहा देवीपुरका श्यामकुमारी चौधरीले लघुवित्तकै कारण आफ्नो घरखेत र गरगहना सबै बेचेको बताउनुभयो । “मैले रू एक लाख ऋण लिँदा रू ८५ हजार मात्रै पाएँ । शुरुमै रू १५ हजार सेवाशुल्क भनेर काट्यो । हरेक महिना रू १० हजारका दरले १३ किस्ता तिरिसक्दा पनि ऋण सकिएन । थप पैसा माग्न थालेपछि मैले खेत बेच्नुपर्यो”, उहाँले भन्नुभयो ।
रौतहटकी दिलकुमारी कार्कीले मिटरब्याजीबाट लिएको ऋण तिर्नका लागि लघुवित्तबाट ऋण लिएको बताउनुभयो । “मिटरब्याजीले खाली चेक मागेर साढे चार लाख ऋण दियो । तर उसले खाली चेकमा रू ११ लाख भरेर असुल्न खोज्यो । मिटरब्याजीको पासोबाट उम्कन लघुवित्तबाट ऋण लिएँ । पछि लघुवित्तका कर्मचारीले पनि मिटरब्याजीजस्तै व्यवहार गर्न थाले”, कार्कीले भन्नुभयो ।
अहिले आफू छ–सातवटा लघुवित्त कम्पनीको ऋणी रहेको उहाँको भनाइ छ । लघुवित्त कम्पनीका कर्मचारी बारम्बार घरमा आएर ऋण असुलीका लागि दबाब दिन थालेपछि आफ्नो छोरीले आत्महत्या गरेको पनि कार्कीले बताउनुभयो ।
सिन्धुपाल्चोक घर भएर भक्तपुरमा हार्डवेयर पसल सञ्चालन गर्दै आउनुभएकी सुनमाया तामाङले समूहमा ऋण लिएर अर्कोले नतिर्दा आपूm समस्यामा परेको बताउनुभयो । “अरुले ऋण नतिरेका कारण मेरो बचत पनि पाइनँ । जबरजस्ती ऋण भिराएर असुली गर्न खोज्नु कहाँको न्याय भयो रु”, प्रश्न गर्दै उहाँले भन्नुभयो ।
लघुवित्त कम्पनीले विभिन्न आश्वासन दिएर जबरजस्ती ऋण दिने गरेको र असुली गर्दा अनेक दुःख दिने गरेको काभ्रेपलाञ्चोकको पनौतीकी प्रिया खत्रीको भनाइ छ । “म ऋण लिन गएको होइन । उनीहरू आफँै आउँछन् । अनेक लोभ देखाएर जबरजस्ती ऋण भिराए । मलाई एक लाख ऋण दिने भनेकोमा ८५ हजार मात्रै हात प¥यो”, उहाँले भन्नुभयो ।
के भन्छन् नियामक र सरोकालवाला ?
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं लघुवित्त संस्था सुपरीवेक्षण विभाग प्रमुख रेवतीप्रसाद नेपाल अहिले लघुवित्त कम्पनीमा देखिएको जरा धेरैवटा समस्याबाट गाँजिएको बताउनुहुन्छ । “लघुवित्त क्षेत्रमा अहिले देखिएको समस्या भनेको सुदखोर, साहु महाजन, मिटरब्याजीदेखि सहकारीसम्मले जेलिएको समस्या हो । यो एकैचोटि अहिले मात्रै देखिएको होइन”, उहाँले भन्नुभयो ।
लघुवित्त कम्पनीले उत्पादनमूलक र व्यावसायिक परियोजनामामा लगानी गर्न नसक्दा समस्या भएको उहाँको भनाइ छ । तर ऋणीहरू आन्दोलित भएर उनीहरूले लिएको ऋण मिनाहा हुन्छ भनेर सोच्न नहुने कार्यकारी निर्देशक नेपालले बताउनुभयो ।