२२ बैशाख, २०८१ शनिबार

05:55:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आगोले जलेका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो, आमाको मृत्यु

Nepal Business

४ फागुन, २०७९

भण्डारीलाई मुम्बईसम्म पुर्‍याउनका लागि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको मेडिकल एयर इभ्याक्युएसन टोली संलग्न छ । सघन उपचार विशेषज्ञ डा प्रदीप तिवारीको नेतृत्वको मेडिकल टिमले यात्राभर भण्डारीको निगरानी राख्नेछ ।

आगोले जलेका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो, आमाको मृत्यु

ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । 

आज बिहीबार दिउँसो सांसद भण्डारीलाई श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो । मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उहाँको उपचार हुने भण्डारीका स्वकीय सचिव भुवन भुसालले जानकारी दिनुभयो ।

आज बिहीबार दिउँसो सांसद भण्डारीलाई श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो । मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उहाँको उपचार हुने भण्डारीका स्वकीय सचिव भुवन भुसालले जानकारी दिनुभयो ।

भण्डारीलाई मुम्बईसम्म पुर्‍याउनका लागि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको मेडिकल एयर इभ्याक्युएसन टोली संलग्न छ । सघन उपचार विशेषज्ञ डा प्रदीप तिवारीको नेतृत्वको मेडिकल टिमले यात्राभर भण्डारीको निगरानी राख्नेछ । 

स्वास्थ्यकर्मीहरूको उक्त टोलीमा नर्भिक अस्पतालकै डा बृहस्पति केसी, डा रोशन शर्मा तथा पारामेडिक्सहरू दिनेश राई, सागर महर्जन र राज तामाङ रहेका छन् ।

चिकित्सकहरूको सल्लाहबमोजिम सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको हो । बुधबार राती भएको उक्त घटनामा गम्भिर घाइते उनकी आमाको भने निधन भएको छ ।