१६ बैशाख, २०८१ आइतबार

02:22:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

व्यवसायी प्रति बैंकर्स आक्रोसित, भने- एकल विन्दुमा ब्याजदर कायम गर्न सकिँदैन

Nepal Business

३ फागुन, २०७९

‘बजारमा एकल बिन्दुमा ब्याजदर कायम हुनु पर्छ माग छ । तर, हामी एकै पटक ब्याजदर घटाउन सक्दैनौं,’ केसीले भने ‘ब्याजदर स्थिर बनाउनु पर्छ भन्ने हाम्रो पनि सोच हो । हामीले लिएको नीतिले आगामी दिनमा क्रमश ब्याजदर घट्दै जान्छ ।’

व्यवसायी प्रति बैंकर्स आक्रोसित, भने- एकल विन्दुमा ब्याजदर कायम गर्न सकिँदैन

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले एकल बिन्दुमा ब्याजदर कायम गर्न नसकिने बताएका छन् । नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तक्रिर्यामा केसीले संसारभर ब्याजदर बढिरहेको भन्दै नेपालमा पनि त्यसको प्रभाव परेको बताए ।

बैंक बित्तीय संस्थामा खाता खोलेका ४ करोड खातावालालाई संरक्षण दिन खोज्दा बैंक बित्तीय संस्थाबाट ॠण लिएका १८ लाख ॠणीले दबाब सिर्जना गरेको केसीको भनाइ छ ।

‘बजारमा एकल बिन्दुमा ब्याजदर कायम हुनु पर्छ माग छ । तर, हामी एकै पटक ब्याजदर घटाउन सक्दैनौं,’ केसीले भने ‘ब्याजदर स्थिर बनाउनु पर्छ भन्ने हाम्रो पनि सोच हो । हामीले लिएको नीतिले आगामी दिनमा क्रमश ब्याजदर घट्दै जान्छ ।’

बैंक बित्तीय संस्थामा खाता खोलेका ४ करोड खातावालालाई संरक्षण दिन खोज्दा बैंक बित्तीय संस्थाबाट ॠण लिएका १८ लाख ॠणीले दबाब सिर्जना गरेको केसीको भनाइ छ ।

‘अहिले नेपालमा मात्रै ब्याजदर बढेको होईन, भारतको केन्द्रिय बैंकले अस्तिमात्रै ०.२५ प्रतिशतले नीतिगत दर बढाएको छ । संसारका अन्य देशमा पनि ब्याजदर बढेको छ केसीले भने नेपालमा पनि अन्तर्राष्ट्रिय क्षेत्रमा भएको घटनाक्रमले ब्याजदर बढेको हो। हामी पनि ब्याजदर घट्नु पर्छ भन्ने चाहन्छौं । तर, अन्तर्राष्ट्रिय परिस्थितिले हाम्रो बजारलाई पनि असर गर्छ ।’ उनले भने ।

बैंक बित्तीय संस्थाले आफ्नो पुँजी भन्दा कयौं गुणा रकम सर्वसाधारणबाट लिएर कारोबार गरिरहेकाले ॠणी भन्दा पनि निक्षेपकर्तालाई प्राथमिकतामा राख्नु पर्ने केसीले बताए ।

‘बजारमा ॠणीको धेरै कुरा आयो, निक्षेपकर्ताको विषयमा कुनै कुरा आएको छैन,’ केसीले भने, ‘हामीले निक्षेपकर्ताको संरक्षणको विषयमा पनि सोच्नु पर्छ । अहिले बैंकिङ क्षेत्र पनि दबाबमा छ। नन पर्फमिङ एसेस्ट बढेको छ। अहिले जसरी ब्याज तिर्दैनौं भन्ने क्याम्पेन चलेको छ, त्यो राम्रो होईन ।’