१४ बैशाख, २०८१ शुक्रबार

08:10:16 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्थानीय वस्तुको बजारीकरणलाई प्राथमिकता दिनुपर्छ– सञ्चारमन्त्री शर्मा

Nepal Business

३ फागुन, २०७९

घरेलु तथा साना उद्यमीले पछिल्लो समय उद्यमशीलताको विकास गर्दै अनुकरणीय काम गर्दै आएको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो, “यो समृद्धिको आधार हो”, अब यसलाई व्यवस्थितरूपमा अघि बढाउन जरुरी छ । साना उद्यमीलाई प्रोत्साहन गर्ने गरी यस प्रकारका प्रदर्शनी उपयोगी हुनेछ भन्ने विश्वास छ ।”

स्थानीय वस्तुको बजारीकरणलाई प्राथमिकता दिनुपर्छ– सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वदेशी उत्पादन बढ्दै गए पनि यसको पूर्ण बजारीकरण अझै हुन नसकेको बताउनुभएको छ । 

घरेलु तथा साना उद्योग महासङ्घ दाङको आयोजनामा बुधबारदेखि दाङको घोराहीमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनीको उद्घाटन गर्दै उहाँले स्थानीय कृषि उत्पादन बढ्दै गए पनि बजारीकरणको व्यवस्थापन हुन नसक्दा साना उद्यमी मारमा पर्ने गरेको बताउनुभयो । 

नेपालको हावापानी, माटो, भूगोल फरक फरक भएको हुँदा स्थानीय परिवेशअनुसारको विशेषतायुक्त वस्तुको उत्पादनलाई अब ब्रान्डिङ गर्ने काममा लाग्नुपर्ने उहाँको भनाइ थियो ।  “हामीसँग हिमाल छ, पहाड छ, तराई छ,  त्यहाँको भूगोलअनुसार हरेक कुराको उत्पादनमा विशेषता छ”, उहाँले भन्नुभयो, “यसको महत्त्वलाई बिक्री गर्ने काममा हामी चुकिरहेका छौँ, यस प्रकारका प्रदर्शनीले  स्थानीयस्तरमा उत्पादित वस्तुका लागि अवसरका रूपमा ल्याउन सक्नुपर्छ ।”

घरेलु तथा साना उद्यमीले पछिल्लो समय उद्यमशीलताको विकास गर्दै अनुकरणीय काम गर्दै आएको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो, “यो समृद्धिको आधार हो”, अब यसलाई व्यवस्थितरूपमा अघि बढाउन जरुरी छ । साना उद्यमीलाई प्रोत्साहन गर्ने गरी यस प्रकारका प्रदर्शनी उपयोगी हुनेछ भन्ने विश्वास छ ।”

उहाँले दाङ कृषि क्षेत्रका लागि उर्वरभूमि भए पनि पुराना रैथाने वस्तु र कृषि उत्पादन लोप हुँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । हिजोका दिनमा प्रयोगमा रहेका सामग्री तथा कृषि उत्पादनको साटो आधुनिक कृषि प्रणालीले विस्थापित गर्दै लगेको हुँदा दाङको विशेषता बोकेका कुरालाई प्रदर्शनीले उजागर गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

“दाङ तोरी, तिलकी चामल, अनदी तथा अरु स्थानीय खाद्यान्नका लागि कहलिएको जिल्ला भएको हुँदा पछिल्लो समय यी कुराको उत्पादनमा ह्रास भइरहेको छ”, उहाँले भन्नुभयो, “पहिचान दिने वस्तुको महत्त्व बुझौँ र यस प्रकारका प्रदर्शनीका माध्यमबाट उजागर गर्नेतर्फ ध्यान देऔँ ।”