५ बैशाख, २०८१ बुधबार

01:11:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रमा ७० अङ्क प्रणाली लागू

Nepal Business

२ फागुन, २०७९

लागू भएको नयाँ निर्देशिका र प्रणालीमा केही असन्तुष्टि रहेमा वा प्रणालीमा समस्या देखिएमा त्यसलाई सच्याएर जान सकिने बताउनुभयो । कर्मचारीलाई उहाँले सहज र निष्पक्षरूपमा सेवाग्राहीलाई सेवा दिन निर्देशन दिँदै कर्मचारीका कारण गुनासो सुन्नुपर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन

बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रमा ७० अङ्क प्रणाली लागू

बागमती प्रदेश सरकारले आजदेखि सवारी चालक अनुमतिपत्र -लाइसेन्स) लिन ७० अङ्क ल्याए ट्रायल परीक्षा उत्तीर्ण हुने व्यवस्था लागू गरेको छ । 

यो व्यवस्थाको आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भक्तपुरको मध्यपुरथिमि राधेराधेस्थित इजि वे ट्रायल सेन्टरमा उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले आजदेखि लागू भएको नयाँ व्यवस्था सहज कार्यान्वयनका लागि सबैलाई सहयोग गरिदिन आग्रह गर्नुभयो । 

यो व्यवस्थाको आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भक्तपुरको मध्यपुरथिमि राधेराधेस्थित इजि वे ट्रायल सेन्टरमा उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले आजदेखि लागू भएको नयाँ व्यवस्था सहज कार्यान्वयनका लागि सबैलाई सहयोग गरिदिन आग्रह गर्नुभयो । 

उहाँले लागू भएको नयाँ निर्देशिका र प्रणालीमा केही असन्तुष्टि रहेमा वा प्रणालीमा समस्या देखिएमा त्यसलाई सच्याएर जान सकिने बताउनुभयो । कर्मचारीलाई उहाँले सहज र निष्पक्षरूपमा सेवाग्राहीलाई सेवा दिन निर्देशन दिँदै कर्मचारीका कारण गुनासो सुन्नुपर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाले बागमती प्रदेशमा फागुन १ गतेदेखि ७० अङ्क ल्याए सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को प्रयोगात्मक परीक्षाअर्थात् ‘ट्रायल पास’ हुने प्रणाली लागू गर्ने भनिए पनि दुई दिन सार्वजनिक बिदा परेकाले आज उद्घाटन गरी व्यवस्था लागू गरिएको बताउनुभयो । यो प्रणालीले सवारी चालक अनुमतिपत्र लिन सेवाग्राहीलाई सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुख शिवकुमार निरौलाले नयाँ प्रणालीलाई प्रदेश सरकारको निर्देशन र निर्देशिकाअनुसार सहजरूपमा कार्यान्वयन आजैदेखि सुरु गरिने बताउनुभयो ।

यसअघिको सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले यो व्यवस्था लागू गर्न खोजे पनि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले हस्तक्षेप गरी लागू नगर्न परिपत्र गरेपछि तीन पटकसम्म यो व्यवस्था लागू गर्न रोकिएको यातायात व्यवस्था विभागका कर्मचारीले बताएका छन् । 

गत पुस २० गतेबाट लागू हुने तयारीमा रहेको ७० अङ्क ल्याए ट्रायल पास हुने प्रणाली कार्यान्वयन नगर्न मुख्यमन्त्री कार्यालयले यातायात मन्त्रालयलाई पत्राचार गरेर रोक लगाएको ती कर्मचारीले बताए । यसअघि असोज २ गते र मङ्सिर १८ गतेदेखि उक्त प्रणाली लागू गर्ने भनिएपछि मुख्यमन्त्री पाण्डेकै निर्देशनमा रोकिएको थियो । 

दुई तथा चारपाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परीक्षामा स–सानो त्रुटिमा पनि फेल भनेर फर्काउने गर्दा सडकमा वर्षौंदेखि बिना सवारी चालक अनुमति नै नलिई सवारी चलाउँदै आएका पनि पटक पटक फेल हुने गरेको गुनासो बढेको थियो । यसरी स–साना त्रुटिमा पनि फेल भनेर फर्काउँदा अनुमतिपत्र अवैधानिकरूपमा लाइसेन्स निकाल्ने, नक्कली परीक्षार्थी परीक्षामा आउने र विभिन्न प्रलोभनमा बिचौलिया सक्रिय भएको गुनासो बढिरहेको थियो । सेवाग्राहीले प्रयोगात्मक परीक्षामा फेल गराएर गलत प्रक्रियाबाट पास गराउन बिचौलिया हावी भएर आर्थिक कारोबार हुने गरेको आरोप लाग्दै आएको थियो ।