७ मंसिर, २०८१ शुक्रबार

10:41:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

टर्किएका भूकम्पपीडित नागरिकलाई चेम्बरले पठायो राहत

Nepal Business

१ फागुन, २०७९

चेम्बरले गृहमन्त्रालय मार्फत सहयोग सामाग्री हस्तान्तरण गरेको हो । परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबीच समन्वय गरेर आवश्यक्ता अनुसार नेपालीहरुलाई उद्धार गर्न समेत चेम्बरले आग्रह गरेको छ ।

टर्किएका भूकम्पपीडित नागरिकलाई चेम्बरले पठायो राहत

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले टर्किएका भूकम्पपीडित नागरिकलाई राहत सामाग्री सहयोग गरेको छ ।

टर्किएमा गएको भूकम्पका कारण प्रभाबित भएका नागरिकहरुका लागि मानवीय सहायता स्वरुप चेम्बरले अक्सिजन कन्सन्ट्रेट र पस्मिनाका सामाग्रीहरु सहयोग गरेको हो ।

टर्किएमा गएको भूकम्पका कारण प्रभाबित भएका नागरिकहरुका लागि मानवीय सहायता स्वरुप चेम्बरले अक्सिजन कन्सन्ट्रेट र पस्मिनाका सामाग्रीहरु सहयोग गरेको हो ।

टर्किएका प्रभावित नागरिकका लागि ५ सय थान पस्मिनाका बस्तु र अक्सिजन कन्सन्ट्रेट सहयोग गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

नेपालमा २०७२ सालको बिनासकारी भूकम्प जाँदा टर्किएले पनि राहत सामाग्री उपलव्ध गराएको स्मरण गर्दै अध्यक्ष मल्लले प्राकृतिक विपदमा एक अर्का देशका नागरिकलाई मानवीय दृष्टिकोणले सहयोग गर्नुपर्ने बताए ।

चेम्बरले गृहमन्त्रालय मार्फत सहयोग सामाग्री हस्तान्तरण गरेको हो । परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबीच समन्वय गरेर आवश्यक्ता अनुसार नेपालीहरुलाई उद्धार गर्न समेत चेम्बरले आग्रह गरेको छ ।

चेम्बर अफ कसर्सले यसअघी अफगानस्तानमा पनि मानवीय सहायता अन्र्तगत आर्थिक सहयोग गरेको थियो । परराष्ट्रमन्त्रालयको समन्वयमा चेम्बर अध्यक्ष मल्ल सहितको टोलीले अफगानस्तानमा नै पुगेर सहयोग सामाग्री हस्तान्तरण गरेको थियो ।