१३ बैशाख, २०८१ बिहिबार

06:25:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निजी क्षेत्रका समस्या नियमनकारी निकायसामु पु¥याउँछौँ : वरिष्ठ उपाध्याक्ष ढकाल

Nepal Business

२८ माघ, २०७९

नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रको भूमिका रहेको र यसतर्फ ध्यान दिन निजी क्षेत्रलाई आग्रहसमेत गर्नुभयो । “कोरोनाका असर–प्रभाव अहिले निजी क्षेत्रमा धेरै नै देखिएको छ”, उहाँले भन्नुभयो, “त्यसैले अब राजनीति पैरवी हुन जरुरी छ ।”

निजी क्षेत्रका समस्या नियमनकारी निकायसामु पु¥याउँछौँ : वरिष्ठ उपाध्याक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश ढकालले निजी क्षेत्रका हरेक समस्या नियमनकारी निकायसामु पु¥याउन प्रतिबद्ध रहने बताउनुभएको छ । 

तुलसीपुर उद्योग वाणिज्य सङ्घको २८औँ वार्षिक साधारणसभाको आज शनिबार उद्घाटन गर्दै उहाँले निजी क्षेत्रको ठूलो लगानी रहेको बैङ्किङ क्षेत्रले ब्याजदर बढाउँदा आम उद्योगी व्यवसायी मारमा परेको बताउनुभयो ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घको २८औँ वार्षिक साधारणसभाको आज शनिबार उद्घाटन गर्दै उहाँले निजी क्षेत्रको ठूलो लगानी रहेको बैङ्किङ क्षेत्रले ब्याजदर बढाउँदा आम उद्योगी व्यवसायी मारमा परेको बताउनुभयो ।

आर्थिक गतिविधिका लागि दाङ सम्भावना बोकेको ठाउँ भएको बताउँदै उपाध्यक्ष ढकालले यहाँको कृषि, पर्यटन जस्ता क्षेत्रमा लगानी गर्न आम व्यवसायीलाई आग्रह गर्नुभयो । “दाङ सम्भावना बोकेको ठाउँ हो । यहाँ केबलकारदेखि, कृषि, पर्यटनजस्ता प्रोजेक्टमा लगानी गरेर मुनाफा लिन सकिन्छ । हाम्रो पनि सहयोग आवश्यक परेमा भन्नुस् सहयोग गर्न तयार छौँ”, उहाँले भन्नुभयो ।

 नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रको भूमिका रहेको र यसतर्फ ध्यान दिन निजी क्षेत्रलाई आग्रहसमेत गर्नुभयो । “कोरोनाका असर–प्रभाव अहिले निजी क्षेत्रमा धेरै नै देखिएको छ”, उहाँले भन्नुभयो, “त्यसैले अब राजनीति पैरवी हुन जरुरी छ ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले व्यवसाय गरिराखेका व्यवसायीलाई विस्थापित हुन नदिन आफूले राष्ट्र बैंकको गर्भनरसँग छलफल गरेको जानकारी दिनुभयो । 

तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले भयरहित वातावरणमा व्यवसाय सञ्चालन गर्न सुरक्षा व्यवस्था कायम गर्ने बताउनुभयो ।