१६ बैशाख, २०८१ आइतबार

01:30:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तीन प्रतिशतको हातमा झण्डै ९० प्रतिशत कर्जा

Nepal Business

२७ माघ, २०७९

९७ प्रतिशतसम्मले लिने ऋण करोडसम्म तथा ३ प्रतिशतले लिने ऋण अर्ब माथि हुने गरेको छ ।

तीन प्रतिशतको हातमा झण्डै ९० प्रतिशत कर्जा

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार तीन प्रतिशत ठुला ऋणीको हातमा ८० प्रतिशत कर्जा रहेको छ । 

कुल कर्जाको ९० प्रतिशत कर्जा सिमित व्यक्ति तथा संस्थाको हातमा पुगेको तथ्याङ्कले देखाएको छ । यसले कर्जा जोखिम समेत बढाएको छ । 

कुल कर्जाको ९० प्रतिशत कर्जा सिमित व्यक्ति तथा संस्थाको हातमा पुगेको तथ्याङ्कले देखाएको छ । यसले कर्जा जोखिम समेत बढाएको छ । 

२०७९ मङ्सिर मसान्तसम्म बैंक वित्तीय सँस्था (क, ख, ग) मा कुल ऋणीको सङ्या अहिले १८ लाख १५ हजार ६८५ छ । 

जसमा एक तिहाइलाई ‘डुब्लिकेसन’ मान्ने हो भने कुल ऋणीको सङ्ख्या ५ लाख ९९ हजार १७७ हुन आउँछ । ती ऋणीमा ९० प्रतिशत साना ऋणी र ७ प्रतिशत मध्यम ऋणी छन् । 

बाँकी ३ प्रतिशत ठुला ऋणी हुने राष्ट्र बैंकका एक अधिकारी बताउँछन । उनकाअनुसार ९७ प्रतिशतसम्मले लिने ऋण करोडसम्म तथा ३ प्रतिशतले लिने ऋण अर्ब माथि हुने गरेको छ । 
त्यसमा पनि हातको औलामा गन्न सकिने केहि ब्यक्तिले १० अर्ब माथि ऋण लिएका छन् ।