२२ बैशाख, २०८१ शनिबार

12:04:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्जा असुलीको सूचना जारी गर्दा अब बैंकले व्यक्तिको फोटो राख्न पाउने छैन

Nepal Business

२७ माघ, २०७९

एक वर्ष भन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ ।

कर्जा असुलीको सूचना जारी गर्दा अब बैंकले व्यक्तिको फोटो राख्न पाउने छैन

अब बैंकहरुले कर्जा असुलीको लागि सार्वजनिक सूचना जारी गर्दा व्यक्तिको फोटो राख्न नपाउने भएका छन् । 

नेपाल राष्ट्र बैंकले विहिबार एक निर्देशन जारि गर्दै कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न नपाइने ब्यबस्था गरेको हो ।

नेपाल राष्ट्र बैंकले विहिबार एक निर्देशन जारि गर्दै कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न नपाइने ब्यबस्था गरेको हो ।

एक वर्ष भन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ ।  

नेपाल उद्योग वाणिज्य संघ लगायतका निजि संगठनहरुले कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा फोटो राख्न नदिन माग गर्दै आएका थिए ।  निर्देशनपछि निजी क्षेत्रको सो माग पुरा भएको छ ।  

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई निर्देशन जारी गरेको हो  । राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई छुट्टै निर्देशन जारी गरेको छ  ।

राष्ट्र बैंक मौद्रिक नीतिको पूर्वसन्ध्यामा यो निर्देशन जारी गरेको हो  ।