२२ बैशाख, २०८१ शनिबार

12:48:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६ महिनाभन्दा कम अवधिको संस्थागत मुद्दती निक्षेप राख्न नपाइने

Nepal Business

२६ माघ, २०७९

राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै नयाँ व्यवस्था गरेको हो ।

६ महिनाभन्दा कम अवधिको संस्थागत मुद्दती निक्षेप राख्न नपाइने

अब बैंक तथा वित्तीय संस्थाहरुले  ६ महिना भन्दा कम समयावधिको संस्थागत मुद्दती निक्षेप स्वीकार गर्न नपाउने भएका छन् । 

राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै नयाँ व्यवस्था गरेको हो ।

जस अनुसार अब ३ महिना भन्दा कम समयावधिको व्यतिmगत मुद्दती निक्षेप तथा ६ महिना भन्दा कम समयावधिको संस्थागत मुद्दती निक्षेप स्वीकार गर्न पाइने छैन । 

साथै, मुद्दती निक्षेपको समयावधि समाप्त नहुदै पूर्वनिर्धारित ब्याजदर कायम रहने गरी ग्राहकले चाहेको वखत जहिलेपनि झिक्न पाउने गरी मुद्दती निक्षेप स्वीकार गर्न पाइने छैन ।


साथै, मुद्दती निक्षेपको समयावधि समाप्त नहुदै पूर्वनिर्धारित ब्याजदर कायम रहने गरी ग्राहकले चाहेको वखत जहिलेपनि झिक्न पाउने गरी मुद्दती निक्षेप स्वीकार गर्न पाइने छैन ।

संस्थागत मुद्दती निक्षेपको हकमा ६ महिना व्यतित हुनु अगावै कुनै पनि रकम भुक्तानी वा  फिर्ता  गर्न नपाइने ब्यबस्था राष्ट्र बैंकले गरेको छ।