८ मंसिर, २०८१ शनिबार
02:49:46 AM
२५ माघ, २०७९
विकास निर्माणका परियोजनाहरु समयमै र तोकिएकै लागतमा सम्पन्न गराउनुपर्नेमा जोड दिदै उनले त्यसका लागि ‘लो विडिङ’ मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने बताए ।
नेपाल उद्योग परिसंघले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ ।
अध्यक्ष अग्रवालले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि थप प्रभावकारी कदमहरु चालिनुपर्ने बताए । क्षेत्रगत रुपमा २० देखि ८० प्रतिशतसम्म मागमा संकुचन आएको र त्यसले उद्योग तथा निर्माण क्षेत्रमा समेत ठूलो धक्का पुगेको बताए ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज राष्ट्रिय योजना आयोगमा भेट गरी बधाई तथा शुभकामना दिदै वर्तमान अर्थतन्त्रका चुनौती, समाधानका उपाय, साना तथा मझौला उद्योग एवं निर्माण उद्योगहरुको समस्याको विषयमा छलफल गरेको हो ।
अध्यक्ष अग्रवालले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि थप प्रभावकारी कदमहरु चालिनुपर्ने बताए । क्षेत्रगत रुपमा २० देखि ८० प्रतिशतसम्म मागमा संकुचन आएको र त्यसले उद्योग तथा निर्माण क्षेत्रमा समेत ठूलो धक्का पुगेको बताए ।
विकास निर्माणका परियोजनाहरु समयमै र तोकिएकै लागतमा सम्पन्न गराउनुपर्नेमा जोड दिदै उनले त्यसका लागि ‘लो विडिङ’ मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने बताए ।
यसैगरी विद्युत खरिद सम्झौता (पीपीए) खुला गर्न, शक्तिखोर तथा मयूरधापलगायत संचालनमा नआएका औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा निर्माण तथा संचालन गर्न निजी क्षेत्रलाई अनुमती दिन पनि उनले आग्रह गरे ।
परिसंघले चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको अवधारणा समेत उपाध्यक्ष श्रेष्ठसमक्ष पेश गरेको छ ।