२२ बैशाख, २०८१ शनिबार

09:37:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पृथ्वीबहादुर शाहको खाता रोक्का नगर्ने चार बैंकलाई राष्ट्र बैंकले तिरायो २ करोड जरिवाना

Nepal Business

२५ माघ, २०७९

उक्त निर्देशनमा ‘पे यू सेन्टर प्रालि, वल्र्ड ट्राभल, इन्भेष्टमेन्ट प्रालि, हाहा क्यास पे प्रालि, पे सेफ रेमिट लिमिटेड, वल्र्ड एक्सपोर्ट इम्पोर्ट प्रालि, वालमार्ट एक्सचेन्ज प्रालि, लक्ष्मण रेग्मी, पृथ्वीबहादुर शाह, देवेन्द्र ढुंगााना, विजयविक्रम शाह र वर्ड एट वर्क कन्सल्टेन्सीको खाता रोक्का राख्नु’ भनिएको छ ।

पृथ्वीबहादुर शाहको खाता रोक्का नगर्ने चार बैंकलाई राष्ट्र बैंकले तिरायो २ करोड जरिवाना

गैर–कानूनी रुपमा विदेशबाट रकम भित्र्याउने बैंकिङ कसुरका आरोपी पृथ्वीबहादुर शाहको श्रोत नखुलेको रकमलाई संरक्षण दिने नेपालका चर्चित चार वटा वाणिज्य बैंक लाखौँ जरिवाना तिर्ने गरी कारबाहीमा परेका छन् ।

विदेशबाट शंकास्पद रकम ओसारपसार गरेका शाहको बैंक खाताहरु निर्देशन बमोजिम रोक्का नगर्दा नेपाल राष्ट्र बैंकले कुमारी, बैंक अफ काठमाडौँ (हाल ग्लोबल आइएमइ बैंकमा गाभिएको), प्रभु र प्राइम कर्मसियल बैंकलाई ५०(५० लाखका दरले जरिवाना तिराएको छ । 

विदेशबाट शंकास्पद रकम ओसारपसार गरेका शाहको बैंक खाताहरु निर्देशन बमोजिम रोक्का नगर्दा नेपाल राष्ट्र बैंकले कुमारी, बैंक अफ काठमाडौँ (हाल ग्लोबल आइएमइ बैंकमा गाभिएको), प्रभु र प्राइम कर्मसियल बैंकलाई ५०(५० लाखका दरले जरिवाना तिराएको छ । 

गत पुस ५ गते बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैंठकको निर्णयानुसार बैंकहरुलाई कारवाही गरिएको हो । ‘पुस ५ गतेको बैठकले कारवाहीको निर्णय गरेको थियो, सोही अनुसार पुस २२ गते यी बैंकहरुलाई जरिवानाको पत्राचार गरिएको थियो, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘उहाँ ९पृथ्वीबहादुर शाह०को बैंक खातामा अवैद्य रकम ओसारपसार भएको जानकारी पाएपछि बैंकहरुलाई उहाँसँग सम्बन्धित सबै खाता रोक्का राख्न भनेका थियौँ, तर उहाँहरुले रोक्का नगरेको पाइएपछि कारवाही सिफारिस भएको हो ।’ 

राष्ट्र बैंकले २०७७ चैत १९ गते शाहको खातामा शंकास्पद रकम ओसारपसार भएको भन्दै बैंकहरुलाई खाता रोक्का गर्न निर्देशन दिएको थियो । त्यो बेला शाह र उनीसँग सम्बद्ध कम्पनीहरु तथा निकट व्यक्तिहरुको खाता रोक्का गर्न राष्ट्र बैंकले निर्देशन दिएको बैंक सुपरिवेक्षण विभागका प्रमुख देव ढकालले जानकारी दिए ।

उक्त निर्देशनमा ‘पे यू सेन्टर प्रालि, वल्र्ड ट्राभल, इन्भेष्टमेन्ट प्रालि, हाहा क्यास पे प्रालि, पे सेफ रेमिट लिमिटेड, वल्र्ड एक्सपोर्ट इम्पोर्ट प्रालि, वालमार्ट एक्सचेन्ज प्रालि, लक्ष्मण रेग्मी, पृथ्वीबहादुर शाह, देवेन्द्र ढुंगााना, विजयविक्रम शाह र वर्ड एट वर्क कन्सल्टेन्सीको खाता रोक्का राख्नु’ भनिएको छ । राष्ट्र बैंकको उक्त निर्देशन नमान्दा कारबाहीमा परेका हुन् ।

गर्भनरको निलम्बनसम्म जोडिएको थियो विषय

शाहको खाता राष्ट्र बैंकले बन्द गर्न बैंकहरुलाई निर्देशन दिएपछि उनले तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई प्रयोग गरी राजनैतिक शक्तिको आडमा खाता सञ्चालन गर्न तथा स्रोत नखोलिएको ४० करोड रकम भित्र्याउन लागि परेका थिए ।

शाहलाई सहजिकरण गरिदिन शर्माले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई लिखित निर्देशन समेत दिएका थिए । तर, गर्भनरले नमानेपछि सरकारलाई असहयोग गरेको भन्दै तत्कालिन अर्थमन्त्री शर्माले गभर्नर निलम्बन प्रक्रिया चलाए । त्यसपछि सरकारले गर्भनर निलम्बन त गर्यो तर पछि सर्वोच्च अदालतको आदेशमा गर्भनर अधिकारी पुनर्बहाली भए ।

राष्ट्र बैंकका अनुसार अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इफोर्समेन्ट नेटवर्क९फिनसेन०ले शाहको नाममा अवैद्य रकम आएको राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइ ९एफआइायु० मा जानकारी गराएको थियो । फिनसेनको सोही जानकारीका आधारमा शाहको खाता रोक्का गरी अनुसन्धान अगाडि बढेको थियो।

पुस २२ मा शाहसहित चक्रबहादुर खत्री, विजयविक्रम शाह, अनुप खड्का, रुपमाङ्गत काफ्ले र रंगबहादुर साउद बैंकिङ कसुरमा पक्राउ परे । उनीहरुमाथि हाल सिआइवीले अनुसन्धान गरिरहेको छ । 

उनीहरुले विभिन्न कम्पनी खडा गरेर ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर ९३ करोड २२ लाख बढी नेपाली रुपैयाँ० गैरकानूनी कारोबार गरेको अनुसन्धानका क्रममा खुलेको छ । उनीहरुले स्विफ्टमार्फत ठगी गरी रकम नेपाल भित्र्याएको सीआईबीले जनाएको छ ।