७ बैशाख, २०८१ शुक्रबार

08:07:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ब्याजदरका विषयमा सडक आन्दोलन नगर्न बैंकर्स संघको आग्रह

Nepal Business

१९ माघ, २०७९

अध्यक्ष सुनिल केसीसहित संघको नयाँ कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आउँदा उद्योगी व्यवसायीहरुको मनोबल खस्किएको बताउनुभयो ।

ब्याजदरका विषयमा सडक आन्दोलन नगर्न बैंकर्स संघको आग्रह

नेपाल उद्योग परिसंघले नेपाल बैकर्स संघका नवनिर्वाचित अध्यक्ष एवं कार्यसमितिलाई बधाई एवं शुभकामनासहित मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ । 

संघका नवनिर्वाचित अध्यक्ष सुनिल केसीले मुलुकको अर्थतन्त्रको अवस्था र आगामी दिनमा कसरी अगाडि बढ्नुपर्ने भन्ने विषयमा जानकारी गराउनुभयो । उहाँले परिसंघले दिएको कतिपय सुझाव बैंकहरु तथा संघले आफैँ पनि गर्न सक्ने भएकाले कार्यान्वयनमा सहयोग गर्ने बताउनुभयो । 

अध्यक्ष सुनिल केसीसहित संघको नयाँ कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आउँदा उद्योगी व्यवसायीहरुको मनोबल खस्किएको बताउनुभयो । 

उहाँले संघको नयाँ कार्यसमितिले निक्षेपको ब्याजदर घटाउने सहमतिका लागि धन्यवाद दिँदै कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न पनि आग्रह गर्नुभयो । 

संघका नवनिर्वाचित अध्यक्ष सुनिल केसीले मुलुकको अर्थतन्त्रको अवस्था र आगामी दिनमा कसरी अगाडि बढ्नुपर्ने भन्ने विषयमा जानकारी गराउनुभयो । उहाँले परिसंघले दिएको कतिपय सुझाव बैंकहरु तथा संघले आफैँ पनि गर्न सक्ने भएकाले कार्यान्वयनमा सहयोग गर्ने बताउनुभयो । 

उहाँले अहिले बैंकहरुको प्रमुख समस्याको रुपमा बढ्दो नन पर्फर्मिङ लोन रहेको बताउँदै ब्याजदरका विषयमा सडक आन्दोलन नगर्न उद्योगी व्यवसायीहरुलाई समेत आग्रह गर्नुभयो ।