१५ चैत, २०८० बिहिबार

02:40:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आहा ! युट्युब हेरेरै उद्यमी ?

Nepal Business

१९ माघ, २०७९

बिहान चाउमिन बनाउने र दिउँसो गडराय बजारकै होटलमा बेच्नु उहाँको दैनिकी भयो । विस्तारै व्यवसाय बढ्दै गएपछि दुई जनालाई रोजगारीसमेत दिनुभयो । गत वर्ष गडरायलाई मात्र पुग्ने चाउमिन अहिले दुई पालिकाभर जान्छ

आहा ! युट्युब हेरेरै उद्यमी ?

बझाङ, 
सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलतरूपमा टिप्पणी गर्छन् । केहीे सूचनाको माध्यम भए पनि धेरै दुरूपयोग हुने गरेको भन्दै विश्वसनीय मान्दैनन् । तर त्यसै सामाजिक सञ्जालबाट सिकेर नै एक युवा उद्यमी बन्नुभएको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक, ट्वीटरमा रातदिन नै व्यतित गर्ने अधिकांश युवामाझ फरक तरिकाले उद्यमी बन्नुभएका युवा हुनुहुन्छ भुवन जोशी । करिब एक दशकसम्म शिक्षक पेसामा आबद्ध जोशीले युट्युबकै सहारामा गत वर्ष न्यू मालिका फुड्स एण्ड प्रोडक्ट नामक उद्योग सञ्चालनमा ल्याउनुभयो ।

सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक, ट्वीटरमा रातदिन नै व्यतित गर्ने अधिकांश युवामाझ फरक तरिकाले उद्यमी बन्नुभएका युवा हुनुहुन्छ भुवन जोशी । करिब एक दशकसम्म शिक्षक पेसामा आबद्ध जोशीले युट्युबकै सहारामा गत वर्ष न्यू मालिका फुड्स एण्ड प्रोडक्ट नामक उद्योग सञ्चालनमा ल्याउनुभयो ।

खप्तडछान्ना गाउँपालिका–७ धर्तिवाडा बझाङका जोशीले व्यवसाय सुरु गरेको एक वर्षमै दोब्बर कमाइ गर्नुभयो । स्नातक उत्तीर्ण गरेलगत्तै निजी तथा सामुदायिक विद्यालयमा अध्यापन गराउनुभएका जोशी विद्यालयमा झन्झटिलो भएर काम गर्नुभन्दा स्वतन्त्र हुन व्यवसाय गर्न चाहनुहुन्थ्यो ।

दैलेखको एक निजी विद्यालयमा तीन वर्ष र अछामको एक सामुदायिक विद्यालयमा छ वर्ष काम गरेपछि उहाँलाई कुनै नै कुनै व्यवसायमा आबद्ध हुने सोच पलायो ।

“अब कुनै न कुनै व्यवसायमा हात हाल्नुप¥यो सोचिसकेको थिएँ”, उहाँ भन्नुहुन्छ, “दिनभरि विद्यालयमा पढाउँदा पनि डाकै ९स्वर० सुकिहाल्ने । बिहान–बेलुका मोबाइल हेर्दैमा ठिक्क । एक दिन युट्युबमा प्रेरणादायी कथा सुन्दै गर्दा सडकबाट करोडपति भएका व्यवसायीसँग ठोक्किए । तिनका कुराहरू बुझ्दै जाँदा जुनसुकै पेसा व्यवसायमा पनि मेहनतले फल दिन्छ भन्ने बुझेँ र अछामबाट दशैँ बिदामा घर आएँ ।”

दशैँ बिदामा घर आएको बेलामा शिक्षक पेसा छोडेर व्यवसाय गर्छुभन्दा जोशीलाई परिवारले ठाडै अस्वीकार ग¥यो । भएको शिक्षक पेसा छाडेर व्यवसाय गर्छु भन्दै डुल्न खोजेको भन्दै कसैले पनि उनको कुरा सुन्नै चाहेन । परिवारको सुझाव बेवास्ता गर्दै जोशीले विद्यालय छाडिदिनुभयो । आफू विद्यालयमा आउन नसक्ने भन्दै प्रअलाई टेलिफोन गर्नुभयो र गाउँमै बस्न थाल्नुभयो ।

दुई–चार दिन परिवारमा नरमाइलो भयो । जोशी गडरायतिर डुलिरहनुभयो । पालिकाभरि नै डुल्नुभयो । बाहिरबाट ल्याएको चाउमिन महँगोमा किन्नुपर्ने व्यवसायीको गन्थन सुन्नुभयो । त्यसपछि उहाँको सोच चाउमिन उद्योगमा गयो । 
“गडरायमा चाउमिन उद्योग सञ्चालन गर्नुप¥यो भनेर कैलालीका उद्योगीसँग सल्लाह लिएँ”, उहाँ भन्नुहुन्छ, “कैलालीबाट फर्कँदा मेसिनलगायतका सामान लिएर आएँ । युट्युब हेर्दै जडान गरेँ । त्यसरी नै सिके । युट्युब हेर्दै सिक्न एक महिना नै लाग्यो । त्यसपछि चाउमिन बनाउने भइसकेँ ।” 

बिहान चाउमिन बनाउने र दिउँसो गडराय बजारकै होटलमा बेच्नु उहाँको दैनिकी भयो । विस्तारै व्यवसाय बढ्दै गएपछि दुई जनालाई रोजगारीसमेत दिनुभयो । गत वर्ष गडरायलाई मात्र पुग्ने चाउमिन अहिले दुई पालिकाभर जान्छ ।

आजभोलि दैनिक डेढ क्विन्टल चाउमिन उत्पादन गरिरहेको उहाँ सुनाउनुहुन्छ । जोशीको उद्योगबाट अहिले बझाङ, बाजुराका क्रमशः खप्तडछान्ना र खप्तडछेडेदह गाउँपालिकाका होटलमा चाउमिन छ्यापछ्याप्ती छ ।