८ बैशाख, २०८१ शनिबार

09:32:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कामना सेवा विकास बैंकका तत्कालिन सिइओ बस्नेतलाई हाजिरी जवानीमा छाडियो

Nepal Business

१९ माघ, २०७९

उनीहरुमाथि नक्कली ऋणी खडा गरी आर्थिक हिनामिना गरेको आरोपमा राष्ट्र बैंकबाट सिआइवी हुँदै दमक प्रहरीले अनुस्न्धान गरिरहेको थियो ।

कामना सेवा विकास बैंकका तत्कालिन सिइओ बस्नेतलाई हाजिरी जवानीमा छाडियो

कामना सेवा विकास बैंकको घोटाला प्रकरणमा मुछिएका तत्कालिन सिइओसहित ४ जनालाई हाजिरी जमानीमा छाडिएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालय झापाले बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतसहित हिरासतमा रहेका ४ जनालाई नै आवश्यक पर्दा हाजिर हुने गरी जमानीमा छाडिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय झापाले बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतसहित हिरासतमा रहेका ४ जनालाई नै आवश्यक पर्दा हाजिर हुने गरी जमानीमा छाडिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक दुर्गा रेग्मीले ४ जनालाई नै हाजिरी जमानीमा छाडिएको जानकारी दिनुभयो ।

प्रहरी हिरासतमा तत्कालिन सीइओ बस्नेत,  बैंकका क्लस्टर म्यानेजर विरेन्द्र सिंह भण्डारी र ऋणीहरु चन्द्र थापा तथा हरिन्द्र दाहाल थिए। उनीहरुमाथि नक्कली ऋणी खडा गरी आर्थिक हिनामिना गरेको आरोपमा राष्ट्र बैंकबाट सिआइवी हुँदै दमक प्रहरीले अनुस्न्धान गरिरहेको थियो ।