१७ बैशाख, २०८१ सोमबार

03:04:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

को बन्ला कृषि विकास बैंकको सीइओ, को-को छन् लाइनमा ?

Nepal Business

१९ माघ, २०७९

बैंकका सीइओका लागि सिभिल बैंकका पूर्व सीइओ गोविन्द गुरुङदेखि राष्ट्रिय सहकारी बैंकका सीइओ बद्रिकुमार गुरागाईंसम्मले आवेदन दिनुभएको छ ।

को बन्ला कृषि विकास बैंकको सीइओ, को-को छन् लाइनमा ?

काठमाडौं ।

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि २२ जनाको आवेदन परेको छ । 

आवेदन दिने अन्तिम दिनसम्म बैंकको सीइओका लागि २२ जनाको आवेदन परेको बैंकका कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिनुभयो ।

कृषि विकास बैंकबाट नै दुई जनाको आवेदन परेको छ । बैंकका निमित्त सीइओसमेत रहेका वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी र चिफ सर्भिस अफिसर यज्ञ प्रकाश न्यौपानेले पनि सीइओ पदका लागि आवेदन दिएको कम्पनी सचिव पौड्यालले बताउनुभयो । 

बैंकका सीइओका लागि सिभिल बैंकका पूर्व सीइओ गोविन्द गुरुङदेखि राष्ट्रिय सहकारी बैंकका सीइओ बद्रिकुमार गुरागाईंसम्मले आवेदन दिनुभएको छ । 

यस्तै, सिडिएस एण्ड क्लियरिङ्गका सीइओ पूर्णप्रसाद आचार्य र राष्ट्रिय वाणिज्य बैंकका पूर्व नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) कविराज अधिकारीले पनि बैंकको सीइओका लागि आवेदन दिनुभएको छ । 

यस्तै, कृषि विकास बैंकबाट नै दुई जनाको आवेदन परेको छ । बैंकका निमित्त सीइओसमेत रहेका वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी र चिफ सर्भिस अफिसर यज्ञ प्रकाश न्यौपानेले पनि सीइओ पदका लागि आवेदन दिएको कम्पनी सचिव पौड्यालले बताउनुभयो । हाल बैंकको कायम मुकायम सीइओको जिम्मेवारी उपमहाप्रबन्धक सुवेदीले नै सम्हालिरहनुभएको छ । 

यस्तै, बैंकको सीईओ पदका लागि नेपाल सरकारका पूर्व सहसचिवदेखि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकले समेत आवेदन दिएको बैंकले जनाएको छ ।

यस्तै, बैंकको सीइओका लागि विष्णुदेव यादव, भानु कँडेल, ताराखर अधिकारी, प्रमेश कायस्थ, नरेशकुमार रोका, विश्वप्रकाश सुवेदी, कुमार केसी, रामराज उपाध्याय, अशोककुमार पौडेल, रमेशराज जोशी, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाईँ, अरुणकुमार ढुंगाना र प्रमोदबाबु तिवारीले बैंकको सीइओका लागि दाबी गर्दै आवेदन दिनुभएको छ । 

बैंकका पूर्व सीइओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएपछि बैंकले पुस २५ गते विज्ञापन आह्वान गरेको थियो । उक्त पदका लागि माघ १५ गतेसम्म आवेदन खुला थियो ।

बैंकले योग्यता र अनुभव प्राप्त व्यक्तिलाई आवेदनका आधारमा सीइओका लागि छनोट गर्नेछ । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्य योजनाको मूल्याङ्कनको आधारमा उम्मेदवारहरुमध्ये ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिने जनाइएको छ । 

बैंकका अनुसार छनौट भएका उम्मेदवारहरुमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतिकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीइओका लागि सिफारिस गरिनेछ ।