१७ बैशाख, २०८१ सोमबार

08:54:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिटिजन्स बैंकको सीइओमा गणेशराज पोखरेल पुन: नियुक्त

Nepal Business

१८ माघ, २०७९

पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर , कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

सिटिजन्स बैंकको सीइओमा गणेशराज पोखरेल पुन: नियुक्त

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: गणेशराज पोखरेल नियुक्त हुनुभएको छ । 

आज बुधबार बसेको बैंकको संचालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई आगामी ४ वर्षका लागि पुन: सीइओ नियुक्त गर्ने निर्णय गरेको छ ।

पोखरेलले स्थापना काल देखिनै बैंकसंग आवद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।  साथै २०६५ साल देखिनै दोस्रो वरियतामा रहि बैंकमा कार्य सम्पादन गर्दै आउनुभएको थियो ।

पोखरेलले स्थापना काल देखिनै बैंकसंग आवद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।  साथै २०६५ साल देखिनै दोस्रो वरियतामा रहि बैंकमा कार्य सम्पादन गर्दै आउनुभएको थियो ।

पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर , कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

पोखरेलले बैंकको नेतृत्वदायी भूमिका सम्हाले पछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाएको बैंकले जनाएको छ ।