१७ बैशाख, २०८१ सोमबार

06:46:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यसपटक राष्ट्रिय बाणिज्य बैंकले ठुलो संख्यामा युवा कर्मचारीलाई नियुक्ती दियो : सिइओ श्रेष्ठ

Nepal Business

१५ माघ, २०७९

बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल र सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउनुभएको थियो ।

यसपटक राष्ट्रिय बाणिज्य बैंकले ठुलो संख्यामा युवा कर्मचारीलाई नियुक्ती दियो : सिइओ श्रेष्ठ

काठमाडौं । 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनोट भएका नवनियुक्त बरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम शुरु गरेको छ ।

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक ग्राहकहरुलाई चुस्त गुणस्तरीय सेवा लिई संस्थाको उत्पादकत्व बृद्धि गर्न यो युवा जनशक्ति सक्षम हुने बताउनुभयो ।

उहाँले विभिन्न प्रक्रिया पश्चात बैंकले एकपटक ठुलो संख्यामा युवा कर्मचारीहरुलाई नियुक्ति दिएको बताउँदै अनुशासित र लगनशील भई कार्य गर्ने कर्मचारी नै आफ्नो करिअरमा उत्कृठ हुने बताउनुभयो ।

उहाँले विभिन्न प्रक्रिया पश्चात बैंकले एकपटक ठुलो संख्यामा युवा कर्मचारीहरुलाई नियुक्ति दिएको बताउँदै अनुशासित र लगनशील भई कार्य गर्ने कर्मचारी नै आफ्नो करिअरमा उत्कृठ हुने बताउनुभयो ।

अन्य सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछी पुरानो बैंक नयाँ कर्मचारीलेयुक्त हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल र सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउनुभएको थियो ।

कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त बरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराउनुभयो ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेललगायतको उपस्थिति थियो ।