१३ बैशाख, २०८१ बिहिबार

11:22:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आचार्यको आत्मदाहपछि महासंघले भन्यो : साना उद्योगीका समस्या तत्काल सम्बोधन गरियोस्

Nepal Business

१२ माघ, २०७९

महासंघले आज विज्ञप्ति जारी गर्दै आचार्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेको छ।

आचार्यको आत्मदाहपछि महासंघले भन्यो : साना उद्योगीका समस्या तत्काल सम्बोधन गरियोस्

इलामका व्यवसायी प्रेम प्रसाद आचार्यले मूलतः व्यवसायिक कठिनाइका कारण आत्मदाह गर्नुपरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले  गहिरो दुःख व्यक्त गरेको छ।

तरलता अभावका कारण सिर्जित समस्या, अस्थीर ब्याजदर, बजारमा उधारो नउठने समस्या, बजार अभाव, प्रविधिको कमी, नीतिगत अस्पष्ठता र सरकारी निकायको वेवास्ताका कारण लाखौ लघु, घरेलु, साना एवं मझौला उद्यमी आहत भएको महासंघले उल्लेख गरेको छ।

महासंघले आज विज्ञप्ति जारी गर्दै आचार्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेको छ। 

साथै महासंघले लघु, घरेलु, साना एवं मझौला उद्यमीका समस्या तत्काल सम्बोधन गर्न नेपाल सरकारसँग माग गरेको छ ।

तरलता अभावका कारण सिर्जित समस्या, अस्थीर ब्याजदर, बजारमा उधारो नउठने समस्या, बजार अभाव, प्रविधिको कमी, नीतिगत अस्पष्ठता र सरकारी निकायको वेवास्ताका कारण लाखौ लघु, घरेलु, साना एवं मझौला उद्यमी आहत भएको महासंघले उल्लेख गरेको छ।

यिनै व्यवसायिक समस्याका कारण व्यवसायीहरु देह त्याग गर्नुपर्ने अवस्थामा पुग्नु निक्कै दुखदायी रहेको महासंघले जनाएको छ । 

महासंघले ब्याजदर स्थायित्व, उधारो सम्बन्धि ऐन, दामासाही सम्बन्धि ऐन, व्यवसायिक उधारोको विमा, प्रक्रियागत सहजीकरण, सहज वित्तिय पहुँच, बजार पहुँच विस्तार लगायतका बिषयको सम्बोधन गर्न सरकार, नेपाल राष्ट बैंक एवं अन्य सरोकारवालासमक्ष निरन्तर पैरवी गर्दै आइरहेको स्मरण गराएको छ ।

सरकार र केन्द्रिय बैंकबाट यस्ता मागको सुनुवाई हुन नसक्दा दुखद घटनाहरु बढदै गैरहेको महासंघले उल्लेख गरेको छ। 

महासंघले लघु, घरेलु, साना एवं मझौला उद्यमीका समस्या तत्काल सम्बोधन गर्न नेपाल सरकार, नेपाल राष्ट बैंक र अन्य सरोकारवालाहरुमा माग गरेको छ।

यिनै समस्याका कारण कुनै व्यवसायीले अकालमा ज्यान गुमाउनु नपरोस् र व्यवसाय निर्वाध सञ्चालन गर्न सक्ने वातावरण बनाउन महासंघले सम्पूर्ण सबै सरोकारवालाहरुसंग माग पनि गरेको छ।