८ बैशाख, २०८१ शनिबार

02:08:57 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न गृह मन्त्रालयद्धारा समिति गठन

Nepal Business

१२ माघ, २०७९

आचार्यले माघ १० गते मंगलबार दिउँसो संसद भवन अगाडी आत्मदाह प्रयास गरेका थिए । बुधबार बिहान उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न गृह मन्त्रालयद्धारा समिति गठन

आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

मन्त्रालयले आज मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार छानबिन समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक  र राष्ट्रिय अनुसन्धान विभागका उप(अनुसन्धान निर्देशक सदस्य रहने छन् । 

छानबिन समितिलाई  आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्ने कार्यादेश दिईएको प्रवक्ता पोखरेलले बताए ।

यस अघि बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गर्ने निर्णय गर्दै छानबिनको जिम्मेवारी गृह मन्त्रालयलाई दिएको थियो । सोहि अनुसार आज मन्त्रालयले छानबिन समिति गठन गरेको हो । 

आचार्यले माघ १० गते मंगलबार दिउँसो संसद भवन अगाडी आत्मदाह प्रयास गरेका थिए । बुधबार बिहान उनको उपचारको क्रममा मृत्यु भएको थियो ।