१५ बैशाख, २०८१ शनिबार

06:13:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तीन सरकारी बैंकलाई मर्जरमा जान गभर्नरको सुझाव

Nepal Business

१० माघ, २०७९

मर्जर जाँदाका फाइदा बताउदै गभर्नर अधिकारीले सरकारी बैंकले मर्जरको आवश्यकतालाई नबुझेको हो कि भन्ने शंका रहेको बताउनुभयो ।

तीन सरकारी बैंकलाई मर्जरमा जान गभर्नरको सुझाव

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारी बैंकहरुलाई मर्जरमा जान सुझाव दिनुभएको छ

राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले मर्जरका कारण निजि बैंकहरुको आकार बढेकोले सरकारी बैंकहरु पनि मर्ज गर्न सुझाव दिनुभएको छ।  

राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले मर्जरका कारण निजि बैंकहरुको आकार बढेकोले सरकारी बैंकहरु पनि मर्ज गर्न सुझाव दिनुभएको हो ।

उहाँले  नेपाल राष्ट्र बैंकले बाध्यात्मक अवस्था नगर्दै पनि निजि क्षेत्रका बैंकहरुले आवश्यकता बुझेर एक आपसमा मर्जर प्रक्रियामा गएको बताउनुभयो । 

मर्जर जाँदाका फाइदा बताउदै गभर्नर अधिकारीले सरकारी बैंकले मर्जरको आवश्यकतालाई नबुझेको हो कि भन्ने शंका रहेको बताउनुभयो ।

उहाँले अहिले ३ वटा सरकारी बैंक रहेकोले ३ वटै बैंकका ब्यबस्थापन, संचालक समिति र नेपाल सरकारले यस विषयमा छलफल गर्नु पर्ने बताउनुभयो । 

अहिले नीजि क्षेत्रका बैंकहरुको मर्जरले लिएको गतिले बैंकहरुको आकार बढीरहेको अवस्थामा आवश्यक परेमा तीनवटा सरकारी बैंक मिलेर मर्जको लागि आपसमा कुरा गर्न सकिने गभर्नर अधिकारीले बताउनुभएको छबताउनुभएको छ