८ बैशाख, २०८१ शनिबार

04:46:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विगतका आक्रामक कर्जा विस्तारको प्रभाव : बैंकको खराब कर्जा ११२ प्रतिशत बढ्यो

Nepal Business

८ माघ, २०७९

कोरोना महामारी पछिको २२ महिना बैंकहरुले मनलाग्दी कर्जा प्रवाह गरेका थिए ।

विगतका आक्रामक कर्जा विस्तारको प्रभाव : बैंकको खराब कर्जा ११२ प्रतिशत बढ्यो

काठमाडौं । वितेका वर्षहरुमा आक्रामक कर्जा विस्तार गर्दाको असर बैंकिङ क्षेत्रमा देखिएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरुको खराब कर्जा ११२.३१ प्रतिशतले बढेको छ ।

चालु आवको दोस्रो त्रैमासको वित्तीय अवस्था प्रकाशित गरेका २० बाणिज्य बैंक मध्ये १९ वटा बैंकको खराब कर्जा उल्लेख्य मात्रामा बढेको छ ।

चालु आवको दोस्रो त्रैमासको वित्तीय अवस्था प्रकाशित गरेका २० बाणिज्य बैंक मध्ये १९ वटा बैंकको खराब कर्जा उल्लेख्य मात्रामा बढेको छ ।

कोरोना महामारी पछिको २२ महिना बैंकहरुले मनलाग्दी कर्जा प्रवाह गरेका थिए ।

त्यसबखत बैंक तथा वित्तीय संस्थाले निक्षेपभन्दा कर्जा लगानी ७६ अर्ब रुपैयाँ र समग्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४५ प्रतिशतले बढेको थियो ।

कोरोना महामारी भन्दा पहिला अर्थात २०७६ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाले ३४ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दा ३१ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए । 

त्यसपछिको २२ महिना अर्थात २०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ४५ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका थिए ।