१६ चैत, २०८० शुक्रबार

03:39:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्जा नतिरेर आन्दोलन गर्नु वित्तीय अराजकता हो : गभर्नर अधिकारी

Nepal Business

७ माघ, २०७९

व्यवसायीहरूलाई कटाक्ष गर्दै उहाँले यसरी आन्दोलन गर्दा वित्तीय प्रणालीमा नयाँ चुनौती देखिएको बताउनुभयो ।

कर्जा नतिरेर आन्दोलन गर्नु वित्तीय अराजकता हो : गभर्नर अधिकारी

काठमाडौँ,
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताउनुभएको छ ।

बैंकबाट कर्जा लिएर बैंकको कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिएर नतिर्ने भनी संगठित रुपमा दबाब दिन नमिल्ने

व्यवसायीहरूलाई कटाक्ष गर्दै उहाँले यसरी आन्दोलन गर्दा वित्तीय प्रणालीमा नयाँ चुनौती देखिएको बताउनुभयो ।

शनिबार कृषि विकास बैंकको ५६ औं वार्षिक साधरणसभामा गभर्नर अधिकारीले बैंकबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठित रुपमा बैंकबाट लिएको कर्जा तिर्नु पर्दैन भन्नु अराजकताको माथिल्लो रुप भएको टिप्पणी पनि गर्नुभयो ।

बैंकबाट कर्जा लिएर बैंकको कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिएर नतिर्ने भनी संगठित रुपमा दबाब दिन नमिल्ने उहाँको भनाइ थियो ।

गभर्नर अधिकारीले पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नयाँ किसिमका चुनौतीहरु देखिएको पनि बताउनुभयो ।