१२ बैशाख, २०८१ बुधबार

06:06:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आयातमा नगद मार्जिनको व्यवस्था हट्दा अर्थतन्त्र चलायमान हुने चेम्बरको विश्वस

Nepal Business

६ माघ, २०७९

तरलता व्यवस्थापनका लागि पुंजीगत खर्चमा वृद्धि तथा व्याजदर नियन्त्रण प्रभावकारी हुन सकेमा अर्थतन्त्रले गति लिने अपेक्षा समेत राखिएको चेम्बरले उल्लेख गरेको छ ।

आयातमा नगद मार्जिनको व्यवस्था हट्दा अर्थतन्त्र चलायमान हुने चेम्बरको विश्वस

नेपाल चेम्बर अफ कमर्सले आयातमा नगद मार्जिनको व्यवस्था हटाउँदा अर्थतन्त्र चलायमान हुने बताएको छ। 

नेपाल राष्ट्र बैंकबाट आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिएकोमा नेपाल चेम्वर अफ कमर्सले आभार समेत व्यक्त गरेको छ। 

हाल राष्ट्र बैंकले पूर्ण रुपमा नगद मार्जिनको व्यवस्था हटाएकोले अबका दिनमा अर्थतन्त्र चलायमान हुने विश्वास चेम्बरले लिएको जनाएको हो।  

 नेपाल राष्ट्र बैंकबाट आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिएकोमा नेपाल चेम्वर अफ कमर्सले आभार समेत व्यक्त गरेको छ। 

चेम्बरले भनेको छ, 'नेपाल राष्ट्र बैंकबाट जारी भएको “चालु पुँजी कर्जा मार्गदर्शन २०७९” परिमार्जन गरि २०८२ असार सम्म पुर्‍याइएकोमा नेपाल चेम्वर अफ कमर्स स्वागत गर्दछ ।'

चालुपूँजी कर्जामा ठूला तथा साना दुवै खाले ऋणीहरुलाई  ४० प्रतिशत नै कायम गरिने र  डबल डिजिटको आर्थिक विकास हासिल गर्न सिंगल डिजिटको व्याजदर कायम हुनु पर्नेतर्फ पनि चेम्बरको विशेष आग्रह रहेको छ । 

तरलता व्यवस्थापनका लागि पुंजीगत खर्चमा वृद्धि तथा व्याजदर नियन्त्रण प्रभावकारी हुन सकेमा अर्थतन्त्रले गति लिने अपेक्षा समेत राखिएको चेम्बरले उल्लेख गरेको छ । 

केन्द्र, प्रदेश र स्थानीय तहमा हुन नसकेको पुँजिगत खर्चको ९० प्रतिशत देखि ९५ प्रतिशत रकम बैक तथा वित्तिय संस्था मार्फत परिचालन गर्न सकिएमा यसले बजारमा तरलताको अभाव हुन नदिन सहयोग पुग्ने देखिएकोले यस तर्फ पनि चेम्बरले ध्यानाकर्षण गराएको छ।