६ जेठ, २०८१ आइतबार

04:14:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंकहरूको निक्षेप संकलन १३ अर्बले घट्यो, कर्जा प्रवाह ४१ खर्ब ४४ अर्ब

११ माघ, २०७८

बैंकहरूको निक्षेप संकलन १३ अर्बले घट्यो, कर्जा  प्रवाह ४१ खर्ब ४४ अर्ब

काठमाण्डौं
यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलन पुन घटेको छ । बैंकहरूको कर्जा लगानी भने बढ्दै गएको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन घट्दा कर्जा लगानी बढेको हो ।
माघ ७ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अघिल्लो साताको तुलनामा १३ अर्बले घटेको हो । पौष ३० गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

पछिल्लो साता वाणिज्य बैंकहरुको कर्जा लगानी भने बढेको छ ।  बैंकहरुको कर्जा लगानी १अर्ब रुपैयाँले बढेर ४१ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । पौष ३० गतेसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।