२४ बैशाख, २०८१ सोमबार

01:42:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिबिफिनको अध्यक्षमा पवन गोल्यान निर्विरोध, बरिष्ठ उपाध्यक्षमा भोजबहादुर, उपाध्यक्षमा राजेश र महासचिवमा राजनसिंह

Nepal Business

२५ पुस, २०७९

सचिवमा कुशप्रसाद मल्ली र सहकोषाध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ निर्वाचित

सिबिफिनको अध्यक्षमा पवन गोल्यान निर्विरोध, बरिष्ठ उपाध्यक्षमा भोजबहादुर, उपाध्यक्षमा राजेश र महासचिवमा राजनसिंह


काठमाडौं । 
बैंक तथा वित्तिय संस्थाका सञ्चालकहरुको संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा पवनकुमार गोल्यान निर्विरोध निर्वाचित हुनुभएको छ । 

आइतबार सम्पन्न तेश्रो बार्षिक साधारणसभाले एनएमबि बैंकका अध्यक्ष गोल्यानलाई दोश्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

आइतबार सम्पन्न तेश्रो बार्षिक साधारणसभाले एनएमबि बैंकका अध्यक्ष गोल्यानलाई दोश्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

परिसंघको बरिष्ठ उपाध्यक्षमा भोज बहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजन सिंह भण्डारी, कोषाध्यक्षमा तुल्सिराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली र सहकोषाध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ निर्वाचित हुनुभयो ।

कार्य समिति सदस्यहरुमा उपेन्द्र पौडेल, लिला प्रकाश सिटौला, उपेन्द्रकेशरी न्यौपाने, मोतिलाल दुगड, राधेश पन्त, महेन्द्रकुमार गोयल, भरतराज ढकाल र हिरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनुभएको छ ।