७ मंसिर, २०८१ शुक्रबार
02:49:25 AM
११ माघ, २०७८
काठमाण्डौ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा नै निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ । मंगलबार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्नुभएका मन्त्री पौडेलले यो वा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिनुभयो।
कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौँ भन्ने विद्यार्थीको गुनासो छ, नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो ‘फास्ट ट्र्याक’बाट नतिजा निकाल्नुस्, भन्नुभयो ।
मानविकी सङ्कायमा विद्यार्थीको धेरै गुनासो रहेको भन्दै मन्त्रीले गुनासो नआउने गरी काम गर्नेतर्फ ध्यान दिन कर्मचारीलाई आग्रह गर्नुभयो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेकोे मन्त्रीलाई जानकारी गराउनुभयो । जनशक्ति अभाव भए सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भए पनि समयमा सेवाग्राहीको काम हुनप¥यो, मन्त्रीले भन्नुभयो ।
मानविकी सङ्कायमा विद्यार्थीको धेरै गुनासो रहेको भन्दै मन्त्रीले गुनासो नआउने गरी काम गर्नेतर्फ ध्यान दिन कर्मचारीलाई आग्रह गर्नुभयो । सोही क्रममा परीक्षा नियन्त्रक जोशीले पर्याप्त जनशक्ति भए परीक्षापछिको ३ महिनाभित्र नतिजा निकाल्ने बताउनुभयो ।
उहाँले पुराना कर्मचारी अवकास हुँदा नयाँ कर्मचारीलाई सिस्टम सिक्न १ वर्ष लाग्ने बताउनुभयो । उहाँले परीक्षा नियन्त्रक कार्यालयमा २ सय २४ जना कर्मचारी हुनुपर्नेमा १ सय ३७ जनाले काम गरिरहेकाले समयमै नतिजा दिन नसकेको स्वीकार गर्नुभयो । रासस