१३ बैशाख, २०८१ बिहिबार

12:17:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एन आई सी एशिया बैंकले चाडपर्वका अवसरमा ल्यायो एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना

Nepal Business

७ असोज, २०७९

एन आई सी एशिया बैंकले  चाडपर्वका अवसरमा ल्यायो एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना

काठमाण्डौं । एन आई सी एशिया बैंकले बडा दसैँ,  दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा ‘एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ ।

यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहकलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले २०७९ आश्विन १ देखि कार्तिक ३० सम्म लागू हुने गरी ल्याएको यस योजना विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागू हुनेछ ।

यस योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिटेन्स बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप रू। ३०० प्रदान गर्ने व्यवस्था गरेको छ ।

बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।