७ बैशाख, २०८१ शुक्रबार

02:06:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’

Nepal Business

७ असोज, २०७९

ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’

काठमाण्डौं। ग्लोबल आइएमई बैंकले ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ ल्याएको छ । बैंकले २ वर्षमै २ गुणा हुने ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ ल्याएको हो।

योजनाअन्तर्गतको मुद्दती निक्षेप खाता खोल्नको लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्ने बैंकले जनाएको छ। २ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्नेछ। 

सो योजनामा सहभागिताको लागि न्युनतम मौज्दात १० हजार रुपैयाँ छ। सो योजनाअन्तर्गत २ वर्षमै आफ्नो मुद्दती निक्षेपमा भएको रकम दोब्बर हुने बैंकले जनाएको छ।