१५ बैशाख, २०८१ शनिबार

10:56:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिटिजन्स इन्टरनेसनल बैंकले घोषणा गर्यो लाभांश

७ असोज, २०७९

सिटिजन्स इन्टरनेसनल बैंकले घोषणा गर्यो लाभांश

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक बर्षको  मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ । यो संगै सिटिजन्स बैंक इन्टरनेसनल आर्थिक वर्ष २०७८।७९ का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।

बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पूँजीको ९ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।