१५ बैशाख, २०८१ शनिबार

02:42:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो

Nepal Business

७ असोज, २०७९

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो

काठमाण्डौं । सुनको मूल्य शुक्रबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । 

छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलाको ९१ ह्जार आठ सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले बढेर ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९१ ह्जार तीन सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।