१५ बैशाख, २०८१ शनिबार

05:33:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एकै दिनमा बैंकहरूको निक्षेप १६ अर्बले बढ्यो, घट्दै सिडि रेसियो

७ असोज, २०७९

एकै दिनमा बैंकहरूको निक्षेप १६ अर्बले बढ्यो, घट्दै सिडि रेसियो

काठमाडौं । एकै दिनमै बैंकहरूको निक्षेप संकलन १६ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज ४ गतेसम्म बैंकहरूको निक्षेप ५० खर्ब ९० अर्ब रूपैयाँ रहेको थियो । असोज ५ गते एकै दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १६ अर्बले बढेर कुल निक्षेप ५१ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।

सोहि अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि १६ अर्बले बढेर ४५ खर्ब ४ अर्ब पुगेको छ । बैंकहरूको कर्जा प्रवाह पनि १ अर्बले बढेर ४७ खर्ब २३ अर्ब रूपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी १ अर्बले बढेर ४१ खर्ब ८५ अर्ब रूपैयाँ पुगेको छ ।

यो अवधिमा बैंकहरूको सीडी रेसियो ८७.५९ प्रतिशतबाट घटेर ८७.३० प्रतिशत पुगेको छ ।