१२ बैशाख, २०८१ बुधबार

09:20:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यस्तो छ शुक्रबार डलरको भाउ

Nepal Business

७ असोज, २०७९

यस्तो छ शुक्रबार डलरको भाउ

काठमाण्डौं । अमेरिकी डलरले आज शुक्रबार नेपाली विनिमय बजारमा नयाँ रेकर्ड राखेको छ । अमेरिकी डलर आज पहिलो पटक सबैभन्दा उच्च विन्दुमा पुगेको छ ।

डलर एकको नेपाली खरिद दर १२९ रुपैयाँ ०८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६८ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै युरो एकको नेपाली मूल्य १२७ रुपैयाँ ५७ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा रहेको छ । 

यसैगरी पाउण्ड स्ट्रलिङ एकको नेपाली खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४७ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयांक एकको १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८५ रुपैयाँ ६७ पैसा र बिक्री दर ८६ रुपैयाँ ०७ पैसा रहेको छ ।