१० असोज, २०७९ सोमबार

04:48:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साथीमार्टको ‘डिजिटल दसैँ, क्यासब्याक पनि उपहार पनि’ अफर

Nepal Business

६ असोज, २०७९

साथीमार्टको ‘डिजिटल दसैँ, क्यासब्याक पनि उपहार पनि’ अफर

काठमाण्डौं । नेपालकै ठूलो रिटेल चेन साथीमार्टले देशव्यापी रूपमा दशैं–तिहार अफर ल्याएको छ । मार्टले ‘साथीमार्टको डिजिटल दसैँ, क्यासब्याक पनि उपहार पनि’ अभियान समेत सुरु गरेको हो । जुन भाद्र ३० गतेदेखि कात्तिक १४ गतेसम्म सञ्चालनमा रहनेछ ।

उक्त अभियान साथीमार्ट र खल्तीको संयुक्त आयोजनामा भएको साथीमार्टका संस्थापक सिइओ सागर पोखरेलले जानकारी दिनुभयो । ‘यस अभियान अन्तर्गत ग्राहकले नेपालको जुनसुकै ठाउँमा रहेका साथीमार्टमा गई सपिङ गर्न सक्नेछन् भने अनलाइन मार्फत पनि सेवा लिन सक्नेछन्,’ उहाँले भन्नुभयो, ‘हरेक अनलाइन वा अफलाइन सपिङमा ४० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौँ।’
यस्तै, ग्राहकले सपिङ गरे पश्चात खल्ती एपबाट रकम भुक्तानी गर्दा तत्कालै १० प्रतिशत क्यासब्याक पाउनुका साथै ‘लक्की ड्र’ समेत सो ग्राहकको नाम समावेश हुनेछ । 

यो अभियान सकिएपछि ‘लक्की ड्र’ मार्फत १० जना भाग्यशाली बिजेता छानिने छन् । जसअन्तर्गत ७ प्रदेशका ७ जना बिजेताले इलेक्ट्रिक कितली र ३ जना भाग्यशाली बिजेताले बम्पर पुरस्कारमा क्रमश वाटर प्युरिफायर, माइक्रोवेभ ओभन र इन्डक्सन चुलो पाउनेछन् । 

यो अभियान अन्तर्गत ग्राहकले मार्टबाट खरिद गर्ने ग्रोसरी, इलेक्ट्रिक सामान, लिक्वेयर लगायत सबैमा लागु हुनुका साथै अनलाइनमा उपलब्ध सामाग्री खरिदमा विशेष छुटको समेत व्यवस्था गरिएको छ ।

ग्राहकले डिजिटल पेमेन्टका लागि खल्ती, एनआइसी एसिया, इ–सेवा, फोन–पे लगायतबाट भुक्तानी गर्दा विभिन्न छुट पाउने व्यवस्था समेत गरिएको छ ।