१५ बैशाख, २०८१ शनिबार

08:29:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दुई महिनामा बैंकहरुले लिए १७ खर्ब १६ अर्ब एसएलएफ सुविधा

६ असोज, २०७९

दुई महिनामा बैंकहरुले लिए १७ खर्ब १६ अर्ब एसएलएफ सुविधा

काठमाडौं । दुई महिनाको अवधिमा वाणिज्य बैंकहरुले १७ खर्ब १६ अर्ब ७० करोड २० लाख रुपैयाँ स्थायी तरलता (एसएलएफ) सुविधा लिएका छन् । राष्ट्र बैंकका अनुसार बैंकहरुले साउन १ गतेदेखि असोज ४ गतेसम्म उक्त रकम अल्पकालीन सापटी लिएका हुन् ।

बैंकहरुले १ हजार ६ कारोबारबाट उक्त रकम एसएलएफ सुविधाबापत लिएको केन्द्रीय बैंकले जनाएको छ । मंगलबार मात्रै बैंकहरुले २८ अर्ब १३ करोड रुपैयाँ एसएलएफ सुविधा लिएका थिए । यो अवधिमा सबैभन्दा बढी भदौ १२ गते ६४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ बैंकहरुले एसएलएफ सुविधा लिएका छन् ।

यस्तै साउन २ गते ६१ अर्ब ७४ करोड, भदौ १८ गते ५० अर्ब ४० करोड भदौ २३ गते ५२ अर्ब ७६ करोड १५ लाख रुपैयाँ यस्तो सुविधा लिएका छन् । असोजको २ दिनमा नै बैंकहरुले ६३ अर्ब ९ करोड ७५ लाख रुपैयाँ एसएलएफ सुविधा लिएका छन् । राष्ट्र बैंकले बैंकहरुलाई ५ दिने अवधिका लागि एसएलएफ सुविधा दिने गरेको छ ।