१६ चैत, २०८० शुक्रबार

03:18:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नबिल इन्भेष्टमेन्ट बैंकिंगको मिश्रित लगानी व्यवस्थापन सेवा

Nepal Business

६ असोज, २०७९

नबिल इन्भेष्टमेन्ट बैंकिंगको मिश्रित लगानी व्यवस्थापन सेवा

काठमाण्डौं । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले लगानीकर्ताहरुलाई लक्षित गरी मिश्रित लगानी व्यवस्थापन सेवा संचालनमा ल्याएको छ ।

कम्पनीले सेयर बजारमा प्रवेश गर्न चाहने तर लगानी सम्बन्धी उचित जानकारी नभएका कारणले लगानी गर्न असमर्थ लगानीकर्ताहरुलाई लक्षित गरी उक्त सेवा संचालनमा ल्याएको हो । 
उक्त योजना भदौ महिनादेखि लागु भएको कम्पनीले जनाएको छ । 

लगानीका विभिन्न उपकरणहरु मार्फत लगानी गरिने यो लगानी व्यवस्थापन सेवाबाट लगानीकर्ताहरुले हाल बजारमा देखिएको उतारचढावका कारण व्यहोर्नुपरेको क्षतिलाई केही हदसम्म सन्तुलनमा ल्याउने र भविष्यमा यसरी संतुलित लगानीबाट राम्रो प्रतिफल आर्जन गर्न सक्ने कम्पनीले जनाएको छ ।

सन्तुलित लगानी उच्चतम आम्दानी हुनसक्ने यस व्यवस्थापन सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको रकम लगानीका विभिन्न उपकरणहरु जस्तै म्युचअल फण्ड, बण्ड÷डिबेञ्चर, ईक्विटी, क्ष्एइरँएइरच्ष्नजत शेयर तथा निश्चित प्रतिफल उपकरणहरुमा लगानी गर्ने र भैपरी आउने लगानीका लागि नगदको व्यवस्थापन समेत गर्ने रहेको कम्पनीले जनाएको छ । 

यो लगानी व्यवस्थापन सेवाका विशेषताहरुः यसमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुले न्यूनतम २५ लाख रुपैयाँ वा आफुसंग रहेको सोही मुल्य बराबरको शेयर उपलब्ध गराई प्रवेश गर्न सकिनेछ । 

न्यूनतम लगानी अवधि ५ वर्षको रहेको यो सेवा प्राप्त गरेवापत बार्षिक ०.५ प्रतिशत बार्षिक व्यवस्थापन शुल्क लाग्नेछ भने पहिलो २ वर्षभित्र यो व्यवस्थापन सेवाबाट बाहिरिनु परेमा आफ्नो लगानीको ३ प्रतिशत रकम तिरी जुनसुकै बेला पनि बाहिरिन सकिनेछ भने २ बर्ष पछि बाहिरिनु परेमा यस्तो कुनै प्रकारको शुल्क नतिरी जुनसुकै बेला पनि बाहिरिन सकिने कम्पनीले जनाएको छ ।

डिस्क्रेस्नरी पीएमएस सेवा अन्तर्गत संचालित यो सेवा प्राप्त गरेका लगानीकर्ताहरुले यो सेवाबाट जति धेरै नाफा गरे पनि केवल ५ प्रतिशत पर्फर्मेन्स शुल्क तिरी आफ्नो नाफाको सत्प्रतिशत रकम जुनसुकै बेला पनि झिक्ने सक्ने कम्पनीले जनाएको छ ।