१५ असोज, २०७९ शनिबार

04:31:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा ५ सयले बढ्यो, तोलाको कति पुग्यो ?

Nepal Business

६ असोज, २०७९

सुनको मूल्य तोलामा ५ सयले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाण्डौं । बुधबार पाँच सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९१ ह्जार तीन सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९० हजार आठ सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार एक सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।