३ जेठ, २०८१ बिहिबार

05:14:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनएमबि बैंक र सिप्रदिबीच सहकार्य

Nepal Business

५ असोज, २०७९

एनएमबि बैंक र सिप्रदिबीच सहकार्य

काठमाण्डौं । एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडीहरुमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदि ट्रेडिङ्गसंग सहकार्य गरेको छ ।

यो सहकार्य बैंकिङ्ग क्षेत्रमै एक उत्कृष्ट योजना अन्तर्गत पर्दछ । जसमा ८० प्रतिशत फाइनान्सिङ्ग सहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ ।

वातावरणीय संरक्षणलाई सघाउ पु¥याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले यो समझदारी गरेकोे हो । जसमा न्यून ब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरु समावेश गरिएको छ ।

एनएमबिको यस कर्जा योजना;ब्यवसाय संग संगै वातावरणीय दायित्व पुरा गर्नेे सचेत प्रयास पनिहो । यो योजनाले नेपालकै विद्युतलाई सदूपयोग हुने लक्ष्यलिइएको छ । यस योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकवर्गलाई कर्जा प्रदानगर्ने मात्र नभई वातावरणलाई दिगो बनाउन समेत टेवा पुग्ने बैंकको विज्ञप्तीमा उल्लेख छ । 

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुतगर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू सेवा प्रदान गर्दै आइरहेका छ ।