८ बैशाख, २०८१ शनिबार

07:22:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षको भदौमा ३९ उद्योग दर्ता

४ असोज, २०७९

चालु आर्थिक वर्षको भदौमा ३९ उद्योग दर्ता

काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा करिब ३२ अर्ब रुपैयाँ लगानीसहित ३९ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार भदौ महिनामा ३१ अर्ब ८५ करोड २६ लाख ७९ हजार रुपैयाँ कुल पुँजीसहित ३९ उद्योग दर्ता भएको छ ।

भदौ महिनामा १९ अर्ब २४ करोड ३ लाख ७५ हजार रुपैयाँ कुल पुँजीसहित १० वटा ठूला उद्योग, ११ अर्ब ६८ करोड १४ लाख रुपैयाँको २० वटा मध्यम र ९ अर्ब ३० करोड ९० लाख रुपैयाँको ९ वटा साना उद्योग दर्ता भएका छन् ।

गत साउन महिनामा स्वदेशी तथा विदेशी लगानीमा १ अर्ब २७ करोड २८ लाख रुपैयाँको कुल पुँजीसहित ६ वटा मध्यम वर्गका उद्योग र २ अर्ब ६ करोड ३२ लाख ५० हजार रुपैयाँको १२ वटा साना उद्योग दर्ता भएका थिए ।

भदौ महिनामा ६ वटा वैदेशिक लगानीको उद्योग दर्ता भएका छन् । भदौमा विदेशी लगानीमा ५ करोड कुल पुँजीसहित काठमाडौंमा मेन्टर फ्रेयडस् प्रालि, ५ करोड ५० लाख रुपैयाँमा जिनमेन होटल, ८ करोड ६८ लाख रुपैयाँमा भिडिबि डेपलपर्स प्रालि, २० करोड रुपैयाँमा हाई मेई होटल एण्ड रेष्टुरन्ट, ५ करोड रुपैयाँमा भिएफएस ग्लोबल सर्भिसेस् नेपाल र ५ करोड रुपैयाँमा लोन्नी चिकेन चप प्रालि उद्योग दर्ता गरेका हुन् । साउनमा १ अर्ब ४ करोड २५ लाख रुपैयाँ कुल पुँजीसहित ९ वटा उद्योग दर्ता भएका थिए ।