४ जेठ, २०८१ शुक्रबार

04:29:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक सातामै बैंकहरुको निक्षेप ४१ अर्बले बढ्यो, कर्जा लगानी कति ?

४ असोज, २०७९

एक सातामै बैंकहरुको निक्षेप ४१ अर्बले बढ्यो, कर्जा लगानी कति ?

काठमाडौं । बैंकहरुमा निक्षेप ह्वात्तै बढेको छ । नेपाल बैंकर्स संघका अनुसार पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ४१ अर्ब रुपैयाँले बढेको हो ।

भदौ २४ गतेसम्म ४४ खर्ब ४५ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप भदौ ३१ गतेसम्ममा बढेर ४४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । जुन साउनको तुलनामा ५३ अर्ब रुपैयाँले बढी हो । साउनको अन्तिम सातामा बैंकहरुमा ४४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप थियो ।

त्यस्तै,  यस अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि बढेको छ । गत भदौ २४ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह दुई अर्ब रुपैयाँले बढेर भदौ ३१ गतेसम्म आइपुग्दा ४१ खर्ब ९० अर्ब रुपैयाँमा पुगेको संघको तथ्यांकमा उल्लेख छ ।