१२ बैशाख, २०८१ बुधबार

10:48:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कृषि कर्जा लिएर जग्गामा लगानी गर्ने अवस्थाको अन्त्य हुनुपर्छः अर्थमन्त्री शर्मा

४ असोज, २०७९

कृषि कर्जा लिएर जग्गामा लगानी गर्ने अवस्थाको अन्त्य हुनुपर्छः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुको कर्जा लगानीमा केही नीतिगत व्यवस्था परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । मंगलबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले बैंकहरुको कर्जा लगानीमा केही परिवर्तन गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले कृषि कर्जाका नाममा जग्गामा लगानी गर्ने अवस्थाको अन्त्य हुनु पर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो,  ‘कृषि योजनाका लागि ऋण लिने र त्यो पैसाले जग्गा किन्ने प्रवृत्ति बढ्दो छ, यस्तो अवस्था अन्त्य गर्नका लागि बैंकको नीति बदल्नु पर्छ।’

नीतिहरु देशको आवश्यकताका आधारमा विकास र विस्तार गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाइ रहेको छ। उहाँले देशको आवश्यकताका आधारमा नीतिहरु विकास र विस्तार गर्नुपर्ने बताउनुभयो ।

उहाँले निक्षेपको सुरक्षाको अभिभारा पूरा गर्नु पर्ने आवश्यकता रहेको बताउनुभएको छ । शर्माले विपन्न र कमजोर वर्गको उत्थानका लागि सहुलितपूर्ण ऋण पुर्याउन आवश्यक रहेको पनि जनाउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘बिनाधितो ऋण भइरहेकोले यसको कार्यभार बढेको छ, जोखिम व्यवस्थापन सँगै अनुशासनमा अगाडि बढ्न जरुरी छ, लघुवित्त कोषमा सरकारी संस्थानमा भएको रकम लगानी गर्नुपर्छ, मिटरब्याजले सर्वसाधारण संकटमा परेका छन्, सहुलियत ऋण सर्बसाधारणमा पुर्याउनु पर्छ ।’