३ जेठ, २०८१ बिहिबार

12:39:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नारायणी डेभलपमेन्ट बैंकको २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

४ असोज, २०७९

नारायणी डेभलपमेन्ट बैंकको २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २६ हजार २५२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त संस्थापक सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय रत्ननगर १, टाँडी, चितवनमा के कति खरिद गर्ने सो को कित्ता खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीदका लागि कुनैपनि निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।