१२ बैशाख, २०८१ बुधबार

11:23:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

४ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको

४ असोज, २०७९

४ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

हिजो (सोमबार) सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १८० रुपैयाँ कायम भएको छ। हिजो  चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँमा किनबेच भएको थियो।