७ बैशाख, २०८१ शुक्रबार

03:11:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हाम्रो पात्रो रेमिटको डिजिटल रेमिट्यान्स अब एनपिएस मार्फत

३ असोज, २०७९

हाम्रो पात्रो रेमिटको डिजिटल रेमिट्यान्स अब एनपिएस मार्फत

काठमाडौं । हाम्रो पात्रो रेमिटले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) सँग नेशनल पेमेन्ट स्वीच (एनपिएस) को प्राविधिक सदस्यको रुपमा जोडिई नेपाल भित्र सेवाग्राहीलाई रेमिट्यान्सको भुक्तानीहरु गर्न सम्झौता गरेको छ ।

सम्झौता पत्रमा हाम्रो पात्रो रेमिटका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिना गौतम र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्झौता पश्चात हाम्रो पात्रो रेमिटको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपिआइ) सँग जोडी एनपिएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गरी रेमिटले स्वचालित रुपमा भुक्तानी कारोबारहरु गर्न सक्नेछन् ।

हाम्रो पात्रो रेमिटको सेटलमेन्ट बैंक नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । यस व्यवस्था अनुसार हाम्रो पात्रो रेमिटले सम्पूर्ण भुक्तानी कारोबारहरु सिधै लाभग्राहीको बैंक खातामा जम्मा गर्दिनेछ र चाँडै नै अन्य विभिन्न उपकरणहरू मार्फत पनि उक्तसेवा उपलब्ध गराउने जनाएको छ ।