३ जेठ, २०८१ बिहिबार

10:07:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्युतीय कारोबार गर्नेको संख्या बढ्दो, मौबाइल बैकिङ कति ?

Nepal Business

३ असोज, २०७९

विद्युतीय कारोबार गर्नेको संख्या बढ्दो, मौबाइल बैकिङ कति ?

काठमाण्डौं । विद्युतीय कारोबार गर्नेको संख्या बढ्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ, डेबिट, क्रेडिट र प्रिपेड कार्ड र इन्टरनेट बैंकिङका प्रयोगकर्ताको संख्या बढ्दै गइरहेको जनाएको छ । 

जसमा मोबाइल बैंकिङ प्रयोग गर्नेको संख्या १ करोड ८६ लाख ४३ हजार ८३४ पुगेको छ । सो संख्या वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट मोबाइल बैंकिङ सेवा लिनेहरुको हो । 

एक महिनाको अवधिमा मोबाइल बैंकिङ सेवा दिनेको संख्या ३ लाख ३६ हजार ५७९ ले बढेको छ । असार महिनामा यस्तो सेवा लिनेको संख्या १ करोड ८३ लाख ७ हजार २५५ रहेको थियो । १ करोड ८६ लाख ४३ हजार ८३४ ले मोबाइल बैंकिङ सेवा लिँदा वाणिज्य बैंकबाट मात्रै १ करोड ६३ लाख ४६ हजार ३९६ जना सेवाग्राहीले मोबाइल बैंकिङ सेवा लिएका छन् ।

यस्तै विकास बैंकबाट २१ लाख ९१ हजार १५ जना र वित्त कम्पनीहरुबाट १ लाख ६ हजार ४२३ जनाले मोबाइल बैंकिङ सेवा लिएका छन् । राष्ट्र बैंकका अनुसार इन्टरनेट बैंकिङ प्रयोगकर्ताका संख्या १७ लाख ६ हजार ८६९ पुगेको छ । जसमा वाणिज्य बैंकबाट १२ लाख ९३ हजार ६६३, विकास बैंकबाट ४ लाख २ हजार ७०८ र वित्त कम्पनीका सेवाग्राहीले १० हजार ४९८ जनाले यस्तो सेवा लिएका छन्।

यस्तै साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले १ करोड १० लाख ८ हजार ९५० वटा डेबिट कार्ड जारी गरेका छन् । जसमा वाणिज्य बैंकका ग्राहकले १ करोड ४ लाख ८० हजार ८७१ वटा, विकास बैंकका ग्राहकले ५ लाख ५५ हजार २७९ र वित्त कम्पनीका ग्राहकले ४४ हजार ८०० वटा कार्ड लिएका छन् ।

वाणिज्य बैंकले २ लाख ५० हजार ६१८ वटा क्रेडिट कार्ड जारी गरेका छन् । जसमा वाणिज्य बैंकका ग्राहकले २ लाख ५० हजार ६१२ र विकास बैंकका ग्राहकले ६ वटा कार्ड लिएको राष्ट्र बैंकले जनाएको छ। 

त्यसैगरी साउन मसान्तसम्म १ लाख ८ हजार १९७ वटा प्रिपेड कार्ड जारी भएकामा वाणिज्य बैंकले १ लाख ७ हजार ११९ वटा रहेका छन् । विकास बैंकले १ हजार ७८ वटा कार्ड जारी गरेको राष्ट्र बैंकले जनाएको छ ।