८ मंसिर, २०८१ शनिबार

01:28:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सानिमा बैंकको डिजिटल भुक्तानीमा थप २० वटा मर्चेन्टहरुसँग छुटको व्यवस्था

३ असोज, २०७९

सानिमा बैंकको डिजिटल भुक्तानीमा थप २० वटा मर्चेन्टहरुसँग छुटको व्यवस्था

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग माध्यम प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न थप २० वटा मर्चेन्टहरुसँग छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिटरक्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तुरसेवाहरुको खरिदमा विशेष छुट पाउने भएको छ ।

बैंकले बाजेको केक, जुलिस केक एण्ड पेस्ट्रीज, कान्तिपुर कफी, कुण्डलिनी आयुर्वेद, बागडोल पोलिक्लिनिक, नीता पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर, स्टाइल हन्ट, बेन्ड द ट्रेन्ड, रिभाइब वेलनेस, बल्थली माउन्टेन रिसोर्ट, होटल यात्री, होटल द किंग्सबरी, दरबार ज्वेल्र्स, लारिसा फार्मेसी, डियो गार्डेन रेस्टुरेन्ट, द स्ट्रिट, रोयल लाउन्ज एण्ड बार, आरआर फेसन वेयर, वीकेन्ड र न्यानो कलेक्शन जस्ता २० वटा विभिन्न मर्चेन्टहरुसंग १० देखि ३० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको छ ।

छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outlets मा उपलब्ध छ। सानिमा बैंकको देशको सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन्।