२० बैशाख, २०८१ बिहिबार

06:39:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

संविधान दिवसको अवसरमा टेलिकमको छुट अफर

३ असोज, २०७९

संविधान दिवसको अवसरमा टेलिकमको छुट अफर

काठमाडौं । आज असोज ३ गते मनाइने संविधान दिवस­ २०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराइरहेको छ । कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको हो । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ ।

अफरअन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक ९८ रुपैयाँमा खरिद गर्न सकिने छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ ।

यस अफरअन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा २ सय ९४ मा खरिद गर्न सकिने छ । असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।