२० बैशाख, २०८१ बिहिबार

03:34:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अम्बे मोबाइल्सले एक वर्षमा गर्यो १ अर्ब रुपैयाँभन्दा बढिको कारोबार

Nepal Business

३ असोज, २०७९

अम्बे मोबाइल्सले एक वर्षमा गर्यो १ अर्ब  रुपैयाँभन्दा बढिको कारोबार

काठमाण्डौं । लाभा फोनको आधिकारिक वितरक अम्बे मोबाइल्स प्रालीले एक वर्षमा १ अर्ब  रुपैयाँभन्दा बढिको कारोबार भनेको छ । कम्पनीले सन् २०२१÷२२ मा १ अर्ब ३३ करोड ८० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको हो । 

अम्बे समूहको लगानी रहेको यस कम्पनीले पाँच वर्षको अवधिमा १ अर्बदेखि १ अर्ब ३५ करोड रुपैयाँ हाराहारीमा वार्षिक कारोबार गर्दै आएको छ । २०२० मा भने कोरोना महामारीका कारण कम्पनीको व्यापारमा धक्का पुगेको थियो।

२०२१ मा लाभा सबैभन्दा बढी आयात हुने फोनको तेस्रो नम्बरमा छ । कुल आयात हुने फोनमा लाभाको हिस्सा १२ प्रतिशत रहेको इक्रा नेपालको रेटिङ विवरणमा उल्लेख छ । कम्पनीले २०२१ मा १ अर्ब ६ करोड ८० लाख रुपैयाँ, २०२० मा ७३ करोड २० लाख रुपैयाँ कारोबार गरेको थियो ।

२०१९ मा कम्पनीले १ अर्ब ५ करोड ८० लाख रुपैयाँ र २०१८ मा १ अर्ब ८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो। 

इन्टरनेटको सहज पहुँचका साथै फोरजी स्मार्टफोन सुलभ बन्दा कम्पनीको व्यापारमा भने चुनौती थपिँदै गएको विश्लेषण गरिएको छ। टुजी प्रविधिको फिचर फोनबाट सबैभन्दा धेरै आम्दानी गर्ने अम्बे मोबाइल्स पछिल्लो समय प्रयोगकर्ताहरु फोरजी स्मार्टफोनमा सिफ्ट हुँदा चुनौती थपिएको रेटिङ विवरणमा उल्लेख छ ।      

२०२२ मा कम्पनीले फिचर फोन बिक्रीबाट कुल बिक्रीको ५४ प्रतिशत आर्जन गरेको छ । २०१८ पछि सरकारले मोबाइल आयातकर्तालाई भ्याट फिर्ताको प्रावधान हटाएसँगै कम्पनीको सञ्चालन मुनाफा घट्दै गएको देखिन्छ ।