२० बैशाख, २०८१ बिहिबार

03:55:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा ४ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Business

३ असोज, २०७९

सुनको मूल्य तोलामा ४ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं । सुनको मूल्य सोमबार ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । 

छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर तोलामा ९१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको ९१ ह्जार आठ सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि चार सय रुपैयाँले घटेर ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलाको ९१ हजार तीन सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।